• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साहशी महिलाको संघर्ष कथा ; साहस,धैर्यता र आँटले चुमेको सफलता

"एकल महिलाको उद्यमशिलता "
  •    शुभेच्छा न्यूज  /२९ फाल्गुन २०७७, शनिबार १४:२५ ,  प्रकाशीत
  • दीननाथ बराल
    प्लस टु अध्ययन गर्न पोखरा आएकी एउटी युवती आफन्तका झूटो आश्वासनको भरमा वैवाहिक जीवनमा बाँधिइन् ।

    तर, उनको विवाह धेरै समय चलेन । उनले हिम्मत हारिनन् र संघर्ष गरिन् । फलस्वरूप आज एकल महिलाका रूपमा उनी एउटा सफल उद्यमीका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् ।

    यो कथा होइन । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–३, फुजेलकी ३० वर्षीया पम्फा देवकोटा हाल पोखरामा एक सफल एकल महिला उद्यमीका रूपमा चिनिन्छिन् । आत्मविश्वास लिएर अघि बढेमा आत्मनिर्भर पनि बन्न सकिन्छ भन्ने गतिलो उदाहरण पनि बनेकी छिन् उनी ।

    कक्षा ११ मा अध्ययनकै क्रममा आफन्तबाट विवाहको प्रस्ताव आयो । उनी झूटा आश्वासनमा परिन् र विवाह भयो ।

    तर, उनको पारिवारिक जीवन मुस्किलले दुई वर्ष पुग्दा नपुग्दै एक वर्षको काखे बाबुसहित श्रीमान्सँग बिछोड भयो । उनै देवकोटा आफ्नो सन्तानको पालनपोषणका लागि ज्याला–मजदुरी गर्न थालिन् ।

    संघर्षको फलस्वरूप उनी हाल एक उद्योगको सञ्चालक हुनुका साथै आफ्नो उद्योगमा उत्पादन भएका खाद्य वस्तु पोखरा क्षेत्रका पसल–पसलमा बलेरो गाडीमार्फत आफैं पु¥याउने काम पनि गर्छिन् ।

    कुनै समयमा गाडीको हेल्परका रूपमा काम थालेकी देवकोटाले आफ्नो दृढ इच्छाशक्ति र सत्यको बाटोमा हिँड्दा आज बलेरो गाडी हाँक्ने र आफ्नै दीप आइसक्रिम उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरू पोखराका पसल–पसलमा पु¥याउने गर्छिन् ।

    कुनै समय एउटी साधारण काली केटीको उपमा पाएकी देवकोटा हाल आफ्नै संघर्षका कारण एक साहसिक महिला उद्यमीका रूपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् ।

    नौ वर्षअघि आफ्नो श्रीमान्ले एक कम्पनीसँग गरेको कारोबार बिगारेर टाढिएसँगै उनले लिएको ऋणको जिम्मासहित काखमा दुधे बालक बोकेर उनी मजदुरी गर्न घरबाहिर निस्केकी थिइन् ।

    नौ वर्षअघिको करिब ९ लाखको ऋणको भार, त्यसमाथि दुधे बालकको पालनपोषण गर्ने जिम्मा पूरा गर्न उनले बजारमा हेल्परको रूपमा मजदुरी गर्न सुरु गरिन् ।

    जब उनी दुधे बालकलाई लिएर मजदुरी गर्न निस्किन्, त्यस समयदेखि उनकी ठूली आमाका छोरा रामचन्द्र अधिकारीले देवकोटालाई समाजमा केही गर्न प्रेरणा मात्र दिएनन्, साथ पनि दिए ।

    गत तीन वर्षदेखि पोखराको बूढीबजारमा उनी आफ्नै उद्योग सञ्चालन गर्छिन्, जुन उद्योग सञ्चालन गर्न अधिकारीले साथ दिँदै आएका छन् ।

    देवकोटा र अधिकारीको परिवारसहित हाल उक्त उद्योगले ६ जनालाई रोजगारी दिँदै आएको छ । सिजनको पेसा भएकाले गर्दा गर्मी मौसममा भने उनीहरूलाई भ्याइनभ्याइ हुने गर्छ ।

    देवकोटाको छोरा हाल १० वर्षको भएको छ । कक्षा ४ मा अध्ययनरत उनको छोरालाई पालनपोषण गरेर बसेकी उनको श्रीमान्सँग व्यावहारिक रूपमा सम्बन्धविच्छेद भए पनि कानुनी रूपमा भने सम्बन्धविच्छेद भने भएको छैन ।

    तर, श्रीमान्ले भने अर्काे विवाह गरिसकेका छन् । देवकोटा भने आफ्नो छोराको भविष्यका लागि आफूले अर्को विवाह नगर्ने सोचमा पुगेको बताउँछिन् ।

    हरेक परिवारको सुखद मिलनमा दुवैको उत्तिकै हात हुने हुनाले देवकोटा अब श्रीमान्ले आफ्नो व्यवहार बिगारेसँगै फोनैबाट घर आउँदिनँ भन्दै अर्को विवाह गरेर हाल विदेशमा रोजगारीका लागि पुगेको बताउँछिन् ।

    पछिल्लो समयमा महिलाहरूलाई केही गर्न चाहेमा वडादेखि पालिकासम्म महिलाहरूको सहभागिताले व्यावसायिक उत्थानका लागि केही न केही राहत तथा सहुलियत प्राप्त भइरहेको छ ।

    आफूजस्ता धेरै महिलाहरूले घरपरिवार र श्रीमान्बाट दुःख पाएको कुरा सुनाउँदै देवकोटा पहिला आफूलाई काली केटी भनेर हियाउनेहरूले नै हिजोआज आफ्नै गाडीमा आफ्नै उद्योगका सामानहरू लिएर जाँदा साहुजी भन्ने गरेको बताउँछिन् ।

    जागिरे जीवन र आफ्नो व्यवसाय गर्दा धेरै फरक हुने बताउने देवकोटाले दूध र दूधजन्य बस्तुहरू अति नै संवेदनशील हुने हुँदा गाडी चालकबिना उक्त व्यवसाय गर्न असमर्थ भएकाले त्यसका लागि आफू नै चालकका रूपमा समेत उत्रिएको बताउँछिन् ।

    उनको उद्योगमा दैनिकजसो करिब १ सय लिटर दूध खपत हुन्छ ।

    तर, बजार विस्तारकै क्रममा रहेको बताउने उनी हाल पोखरा, तनहुँ, स्याङ्जालगायत बागलुङसम्म आफ्नो व्यवसाय विस्तार भएको सुनाउँछिन् ।

    कारोबार दैनिक

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.