• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जन्मोत्सबमा तनहुँका कवि टिकारामको पुस्तक बिमोचन

  •    शुभेच्छा न्यूज  /३ चैत्र २०७७, मंगलवार १८:५४ ,  प्रकाशीत
  • तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न ४ निबासी कवि टिकाराम पौडेलको ८४ औं जन्मोत्सवको अबसरमा पुस्तक बिमोचन गरिएको छ।

    कवि पौडेलद्वारा लिखित कबिता संग्रह ” बिगत र बर्तमान ” गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारिले बिमोचन गरेका हुन।

    पाहारिले सो कविता संग्रह बिमोचन गर्दै साम्सद पाहारिले साहित्यकारहरु रास्ट्रका अमूल्य सम्पत्ति भएको भन्दै उनिहरुको योगदानलाई रास्ट्रले उचित सम्मान गर्नु पर्ने बताए ।

    पाहारिले स्रस्टा र कवि ,कलाकार र संस्कृतिकर्मिको बिकास र सम्बर्द्धन गर्न छिटोभन्दा छिटो गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञाप्रतिष्ठान गठन गर्न लागेको जानकारी दिदै यसको स्थापना पछि प्रदेशमा साहित्यिक र सान्स्कृतिक बिकास र जगेर्नाको काम अझ ब्यबस्थित हुने दाबी गरे।

    उनले कवि पौडेल चौरासी बर्षको उमेरमा समेत सक्रियतापुर्बक साहित्य सृजनामा तल्लिन भएकोमा खुशी व्यक्त गर्दै उहाँ बाट युबा पुस्ताले पाठ सिक्नु पर्ने बताए।

    कार्यक्रममा कवि पौडेलका छोरा मोति प्रसाद पौडेल, समिक्षक पुरुसोत्तम भन्डारी, कविता संग्रहका स्रस्टा टीकाराम पौडेल ,ब्रह्माकुमारी इश्वरिए बिश्वबिद्धालय दुलेगौंडा शाखा प्रमुख रश्मि खड्का, अधिबक्ता महेन्द्रमान ब्यथित लगाएतले मन्तव्य ब्यक्त गरेका थिए।

    पोखरा महानगर वडा न २० भलाममा जन्मिएर हाल दुलेगौंडा तनहुँ निवासी पुर्ब शिक्षक रहेका समेत रहेका कवि पौडेलद्वारा लिखित ८४ वटा कबिता उक्त संग्रहमा समाबेश गरिएको छ।

    सो अबशरमा अधिबक्ता महेन्द्रमान ब्यथितलाई सम्मान समेत गरिएको थियो ।

    शुक्ला साहित्य सङ्गम दुलेगौंडाको आयोजनामा आयोजित कार्यक्रमको अध्यक्षता सो संस्थाका अध्यक्ष बेनु प्रसाद खतिवडाले गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.