• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भूतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथनलाई विश्वका दौडको छाता संस्था एम्समा दर्ता गर्ने

  •    शुभेच्छा न्यूज  /२१ चैत्र २०७७, शनिबार १५:१० ,  प्रकाशीत
  • नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपाल आफ्नो वार्षिक योजना सहित अगाडी बढ्ने भएको छ ।

    मञ्चको शनिबार पोखरामा सम्पन्न पूर्ण बैठकले आगामी १६ औं सस्करणको पोखरा म्याराथनको तयारी लगायत पोखरा म्याराथनलाई विश्वका दौडहरु छाता संस्था एम्समा दर्ता गर्ने तयारीका लागि समेत छलफल गरेको हो ।

    मञ्चले पोखरा म्याराथनलाई विश्वव्यापी बनाउन सन २०२४ मा दर्ता गर्न आफ्नो वेवसाइट र मोवाइल एप्सलाई सूचना प्रविधी मैत्री बनाउनेमा जोड दिइएको मञ्चका अध्यक्ष तथा गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिव तेज गुरुङले बताएका छन ।

    बैठकमा १६ औं सस्करणको पोखरा म्याराथनलाई भव्य बनाउने सँगै पुरस्कारको राशी समेत बढाउने विषयमा छलफल भएको अध्यक्ष गुरुङले जनाकारी दिएका छन ।

    उनले भने–“हामी १६ औं सस्करणको तयारीलाई अझै भव्य बनाउन र अन्तर्राष्ट्रिय धावकहरु समेतलाई आकर्षण बढाउन पुरस्कार राशी थप्ने विषयमा गहन गहन छलफल भएको छ ।”

    वैठकले पोखरा म्याराथन सँगै आयोजना हुने महिला हाफ म्याराथन, १० किमि महिला–पुरुष दौड, छात्र–छात्रा ५ किमि दौड तथा दृष्टिविहिन र ह्विल चियर महिला पुरुष दौडलाई अझै परिस्कृत र भव्य बनाउने तयारीका बारेमा समेत छलफल भएको उनले बताए ।

    मञ्चको सम्पन्न वैठकले अध्यक्ष गुरुङलाई गण्डकी प्रदेश खेलकूद परिषदको गरिमामय पदमा नियूक्त गरेकोमा गण्डकी प्रदेश सरकारलाई आभार व्यक्त गर्दै सफल कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

    सम्पन्न वैठकमा मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, महासचिब खेम गुरुङ, सचिब कृष्ण तिमिल्सिना लगायत कार्यसमितीका सदस्यहरुले मञ्चको वार्षिक योजना तर्जुमा सँगै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    मञ्चले यहि चैत्र १४ गते पोखरा म्याराथन अन्तर्गत सम्पन्न महिला–पुरुष १० किमी दौडमा सहभागी खेलाडी, सम्पूर्ण सहयोगीहरु तथा सञ्चारकर्मीहरुलाई आभार समेत व्यक्त गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.