पोखराको चाउथेबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण व्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा अवैध लागु औषधसहित पोखरा -९ नयाँबजार बस्ने २९ वर्षीय शनि खत्री र पोखरा -१८ सेती बस्ने २५ वर्षीय अशोक परियारलाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट डाईजापाम १०० एम्पुल, फेनरागन १२० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३२० एम्पुल लागु औषध र मोवाईल २ थान वरामद गरेको छ ।
हाल प्रहरी नियन्त्रणमा रहेका उनिहरुमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

Related