नेपालमा पछिल्लाे २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टाभित्र १६ जनाको मृत्यु भएको छ भने बाँकी १२ जनाको हिजो नै मृत्यु भए पनि कोरोना संक्रमणबाट नै मृत्यु भएको पुष्टि भने आज भएको हो ।
आइतबार थपिएका सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ६४ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ७८ जनामा परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आइतबार ४५० जना संक्रमित निकाे भएकाे मन्त्रालयले जनाएकाे छ ।

Related