पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको लागि साढे ८ अर्ब बिनियोजन
"आगामी आर्थिक वर्ष भित्र विमानस्थत सञ्चालन गर्नेगरी बजेट बिनियोजन "
तपाईको प्रतिक्रिया





सरकारले पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि ८ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले गरेको बजेट भाषणमा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको लागि ८ अर्ब ५० करोड बजेट बिनियोजन गरेको उल्लेख गरेका हुन ।
बजेट भाषणमा आगामी आर्थिक वर्ष भित्र विमानस्थत सञ्चालन गर्नेगरी बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले उल्लेख गरे ।
चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्याजको ऋणमा विमानस्थल निर्माण भइरहेको छ ।
झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ ।
विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्बाइ २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटर छ ।
विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।
जुलाई २०२१ सम्ममा सञ्चालनमा आउनेगरी निर्माण भइरहेको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थलले जनाएको छ ।
Related