• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरेली युवाको आग्रहमा क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग पठाउदै

"कार्कीको आग्रहमा क्यानडा सरकारले नेपाललाई आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्ने  "
  •    शुभेच्छा न्यूज  /१३ असार २०७८, आईतवार ११:५९ ,  प्रकाशीत
  • क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

    कोभिड–१९ को संक्रमणका कारण उपकरण अभावमा विरामीले ज्यान गुमाउनु परेको अवस्थामा क्यानडामा माउन्ट एभरेष्ट टेलिभीजन संचालन गरिरहेका टोस्टराज (बसन्त) कार्कीको आग्रहमा क्यानडा सरकारले नेपाललाई आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो ।

    नेपालमा दोस्रो लहरको कोराना संक्रमण फैलिएसंगै अस्पतालमा भ्यान्टिलेटर, अक्सिजन लगायतका उपकरणको अभावमा संक्रमितले ज्यान गूमाउन थालेपछि पोखरा घरभई क्यानडामा ब्यापार ब्यवसाय सहित माउन्ट एभरेष्ट टेलिभीजन संचालन गर्दै आएका कार्कीले ईमेल मार्फत क्यानाडा सरकारलाइ नेपाललाई आवस्यक स्वास्थ्य उपकरण सहयोग गर्न आग्रह गरेका थिए ।

    माउन्ट एभरेष्ट टेलिभीजनको इमेल मार्फत आपूmले क्यानाडा सरकारसँग नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेको एभरेष्ट टेलिभिजनका निर्देशक कार्कीले बताए ।

    जुन १० तारिखमा ईमेल मार्फत क्यानाडा सरकारसंग सहयोगको आग्रह गरिएकामा जुन २४ मा अन्तर्राष्ट्रिय विकास मन्त्री करिना गोल्ड र स्वास्थ्य मन्त्री प्याट्टी हजदूले नेपालमा आवश्यक स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको कार्कीले बताए ।

    कार्कीले गरेको आग्रहमा क्यावडा सरकारले नेपाल सरकरलाई स्वास्थ्य सामग्री दिने घोषणा गरेका सामग्री क्यानडाबाट राष्ट्रिय आपातकालीन रणनीतिक स्टकपाइल मार्फत पठाएको उनले जानकारी दिए ।

    उनले नेपाली समुदायको माग अनुसार क्यानडा सशस्त्र सेनाले आज बिशेष बिमान मार्फत भेन्टिलेटर तथा पीपीई लगायतका स्वास्थ्य उपकरण नेपाल सरकारलाइ हस्तान्तरण गर्ने बताए।‘हामीले इमेल मार्फत क्यानडाका प्रधानमन्त्रीलाई नेपालमा कोभिडको नियन्त्रण तथा उपचारका लागि आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्न गरेको आग्रह अनुसार सहयोग गर्ने घोषणा भएको छ,’उनले भने,‘मैले नेपालमा उपकरणको अभावमा जनताले ज्यान गुमाउनु परेको अवस्थामा टेलिभिजनको इमेल मार्फत गरेको आग्रहलाई सरकारले गम्भिर रुपमा लिएर सहयोग गरेको छ,क्यानडा सरकारको यस महान कार्य प्रति हामी कृतक्ष छौं।’

    कार्कीका अनुसार क्यानडा सरकारले पठाएका २७ थान भेन्टिलेटर र १६००० थान पीपीई लगायतका सामाग्री आज दिउसो ४ बजे एक विशेष विमान मार्फत नेपाल आइपुग्ने छन् ।

    क्यानडाले यस अघि पनि युनिसेफमार्फत् ६०० थान अक्सिजन कन्सेप्टर नेपाल सरकारलाई उपलव्ध गराएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.