• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साढे दुइ महिनापछि फेवातालमा डुङ्गा सञ्चालन,ब्यवसायीमा उत्साह

  •    शुभेच्छा न्यूज  /६ श्रावण २०७८, बुधबार १९:२९ ,  प्रकाशीत
  • पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ ।

    दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन् ।

    निषेधाज्ञाका कारण घरमै बसेका उनीहरुमा पुनः व्यवसाय शुरु भएपछि उत्साह छाएको हो । फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय शुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए ।

    भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए । यसअघि आठ÷नौ जनासम्म राख्ने गरिएको थियो । उनले भने, “यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुङ्गा मात्र सञ्चालमा छन्, फेवातालमा डुङ्गा शुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ ।”

    तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतीसमेत अहिले बन्द छ । डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ ।

    फेवातालमा ७६४ डुङ्गा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

    फेवातालमा नौ वर्षदेखि डुङ्गा चलाउँदै आएका पोखरा महानगरपालिका–१८ सराङकोटका मजदूर लक्ष्मण परियारले निषेधाज्ञाका कारण आफूहरु समस्यामा परेको र व्यवसाय शुरु भएपछि उत्साहित भएको बताए ।

    कोरोना सङ्क्रमणबाट आफू पनि जोगिनु चुनौती रहेकाले मास्क नलगाउनेलाई डुङ्गा चढ्न रोक लगाइएको उनले जानकारी दिए । “कोरोनाका कारण अहिले जस्तो सङ्कट कहिल्यै परेको थिएन, विस्तारै चहलपहल बढेपछि उत्साहित भएका छौँ”, परियारले भने, “यात्रु कम हुँदा डुङ्गाको पालो पाउनै गाह्रो छ, पहिला जस्तो आम्दानी अहिले नभए पनि व्यवसाय सञ्चालन हुँदा खुशी लागेको छ ।”

    अर्का डुङ्गा चालक बाबुराम पुरीले निषेधाज्ञाका कारण परिवार पाल्न समस्या भएको बताए । पर्यटन व्यवसाय पहिलेकै अवस्थामा फर्किने विश्वास गरिएको छ ।

    सम्भावित सङ्क्रमणबाट जोगिन आफूहरु पनि सचेत रहेको जनाउँदै उनले मास्क लगाउने, सेनिटाइज गर्ने गरेको र पर्यटकलाई पनि स्वास्थ्य मापदण्डको पालनाका लागि आग्रह गर्ने गरिएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.