• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार अधिकारीलाई धम्काइएको प्रति प्रेस चौतारीको आपत्ति

  •    शुभेच्छा न्यूज  /१६ श्रावण २०७८, शनिबार २०:४३ ,  प्रकाशीत
  • पोखराका पत्रकार रञ्जन अधिकारीलाई समाचारको विषयमा धाकधम्की आएकोप्रति प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ ।
    पत्रकार अधिकारीले गण्डकन्यूज डटकमका लागि गत साउन ६ गते बुधबार ‘काहुँको कालिका माविमा व्यापारः सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो)’ शीर्षकमा समाचार लेखेका थिए ।

    सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले लगातार फोन, म्यासेज, एसएमएस मार्फत धाकधम्की दिएको पत्रकार अधिकारीले बताएका छन् ।

    पत्रकार अधिकारीलाई समाचारको विषयमा असम्बन्धित पक्षबाट धाकधम्की आएकोमा प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ ।

    संस्थाका अध्यक्ष अर्जुन गिरीले प्रेस विज्ञप्ति जारी गर्दै समाचारप्रति चित्त नबुझे कानूनी उपचार खोज्न सुझाव दिंदै फोन, एसएमएस र म्यासेन्जरमार्फत होच्याउनु, गिज्याउनु र सरकारका उच्च तहका व्यक्तिको फोर्स लगाउने जस्ता हर्कत निकै निन्दनीय भएको उल्लेख गरेका छन् ।

    साथै अध्यक्ष गिरीले यस सम्बन्धमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै पत्रकार अधिकारीलाई धम्की दिनेलाई कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित निकायसंग माग गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.