• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्व पर्यटन दिवसको अवसरमा ११ देशका राजदूतलाई पोखरा क्षेत्रमा पदयात्रा

"पर्यटन क्षेत्र खुला र सुरक्षित रहेको सन्देश दिन बिभिन्न ११ देशका राजदूतसहित कूटनीतिक नियोगका पदाधिकारीलाइ पोखरा "
  •    रीता शर्मा  /१२ आश्विन २०७८, मंगलवार ०९:१५ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सरकारले ४२औँ विश्व पर्यटन दिवसको अवसरमा विभिन्न ११ देशका राजदूत सहित कुटनीतिज्ञलाई पोखरा क्षेत्रमा पदयात्रा गराईएकोछ।

    कोभिड–१९ को महावारीको दास्रो भेरियन्ट संक्रमणसंगै जारी भएको निषेधाज्ञा हटाए पछि पोखराको पर्यटन क्षेत्रको पर्यटन खुला र सुरक्षित रहेको सन्देश दिन प्रदेश सरकारको निमन्त्रणमा आएका राजदूतलाई पदयात्रा गराईएको हो ।

    ४२ औँ विश्व पर्यटन दिवस मनाउन ११ देशका राजदूत र कुतनीतिज्ञहरू सहित २५ जनाको टोलीलाइ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड र सरकारको पहलमा कास्कीकोट क्षेत्रमा पदयात्रा गराइएको हो ।

    कोरोना भाइरसको संक्रमणपछि थलिएको पर्यटन क्षेत्र लयमा फर्काउनका लागि यस क्षेत्रका पर्यटन क्षेत्र खुला र सुरक्षित रहेको सन्देश दिन बिभिन्न ११ देशका राजदूतसहित कूटनीतिक नियोगका पदाधिकारीलाइ पोखरा बोलाएर पर्यटन दिवसको अवसरमा कार्यक्रम गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

    पदयात्रामा सहभागी राजदूत र कुटनीतिज्ञहरु पोखराको सुन्दरताबाट प्रभावित बनेको उनले बताए । कास्कीको अन्नपूर्ण गाउँपालिकाको नाउँडाँडाबाट सुरु भएको पदयात्रा भुमेको स्थान, खडगाउँ, गुप्तकालिका मन्दिर हुदै कास्कीकोट स्थित कश्यप ताल आएर करिव ४ घण्टासम्म चलेको थियो ।

    आगन्तुकहरुले पोखरा क्षेत्रदेखि उत्तरी भेगमा रहेका माछापुच्छे«, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृंखला, स्थानीय ग्रामीण बस्ती, फेवाताल सहित पोखरा क्षेत्रको मनोरम दृश्य अवलोकन गरेका थिए ।त्यसैगरी टोेलीले डेभिज फल अवलोकन गर्नुका साथै फेवातालमा बोटिङसमेत गरेका छन् । उनीहरु पोखरामा आयोजित मिनी सडक महोत्सवमा समेत सहभागी भए ।

    हाइकिङमा निस्केको टोलीलाई परम्परागत पोशाकमा सजिएका भुजेल गाउँ होमस्टेका आमाहरूले रैथाने खाजा (रोटी र गुन्द्रुकको अचारले स्वागत गरेका थिए ।

    हाइकिङमा खाएको स्थानीय परिकार र स्थानीयले पञ्चेबाजा सहित गरेको भव्य स्वागत देखेर राजदूतले खूशी ब्याक्त गरेका थिए ।

    नेपालका लागि इजिप्टका राजदूत माइकलले पोखराको पहिलो पटक भ्रमण गरेको बताउँदै यस क्षेत्रको मनोरम दृश्यले आफूलाई मोहित तुल्याएको बताए ।

    उनले आपूm चार साता अघिमात्र नेपाल आएको बताउदै पोखरा क्षेत्रबाट देखिने मनोरम हिमश्रृंखलाहरुको महत्वपूर्ण विषेशता भएको बताए ।

    टोलीले अपराहन्न ५ बजेबाट सुरु भएको मिनी सडक महोत्सव अवलोकन गरेको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा लेकसाइडको बाराही चोकदेखि खहरेसम्म तीन किलोमिटर क्षेत्रमा महोत्सव गरिएको हो ।

    सडक महोत्सवमा राजदूज र कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि सहभागी गराईएको थियो ।

    पर्यटन व्यवसायी र गण्डकी प्रदेश सरकारको पहलमा कतार, फिनल्याण्ड, बंगलादेश, जर्मनी, दक्षिण कोरिया, साउदी अरब, इजिप्ट, श्रीलंका, उत्तर कोरिया, थाइल्याण्ड, यूएई लगायत देशका राजदूतहरुको सहभागिता रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.