समृद्धीका लागि चौध जिल्लामा उद्यमी नमूना गाउँ बनाउने अभियानमा छौं ः डिष्ट्रिक गभर्नर आचार्य
"स्थानियको ज्ञान,सिप अभिबृद्धी गर्दै स्थानीयस्तरमै आयआर्जन गर्न अभिप्रेरित गर्ने उदेस्य "
तपाईको प्रतिक्रिया





लायन्स गभर्नर विशेश्वर आचार्यले १४ जिल्लामा उद्यमी नमूना गाउँ बनाउने अभियान शुरु भएको बताएका छन् ।
बिहिबार लायन्स न्यूरोड चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बी १ नेपालका डिष्ट्रिक गभर्नर आचार्यले जनताको जीवनस्तर उकास्नका लागि लायन्सले गण्डकी सहितका १४ जिल्लामा उद्यमी नमूना गाउँ बनाउने अभियान शुरु गरेको बताएका हुन्।
‘हामीले ज्ञान सिप र आर्थिक अवस्था कमजोर भएका कारण आय आर्जन गर्न नसकेका जनताको जीवनस्तर उकास्नका लागि उद्यमी नमूना गाउँ बनाउने अभियान थालिसकेको छौं,’उनले भने, ‘यसबर्ष एक जिल्लामा एउटा नमूना गाउँ बनाउने योजना सहित काम थालिसकेका छौ,अहिले हामीले ७ वटा जिल्लामा अभियान शुरु गरिसक्यौ,अब,अन्य जिल्लामा पनि उद्यमी नमूना गाउँ उद्धाटनकै चरणमा छन।’
गभर्नर आचार्यले नमूना गाउँ बनाउने अभियानमा स्थानियको आयआर्जनलाइ ध्यानमा राखेर अगाडी बढाइएको बताए ।
उनले नमूना गाउँमा स्थानियको ज्ञान,सिप अभिबृद्धी गर्दै स्थानीयस्तरमै आयआर्जन गर्न अभिप्रेरित गर्ने उदेस्यले लायन्सले विभिन्न परियोजना संचालन गर्ने योजना बनाएको बताए ।
‘हामीले स्थानीयलाई उनीहरुको आवस्यकता अनुसारको तालिम सहित आय आर्जन गर्न सक्ने बनाउने योजना सहित विभिन्न परियोजनामा काम गरिरहेका छौ, उनले भने, ‘स्थानियस्तरमा ब्यवसायीकरुपमा गाइ,भैसी पालन, कुखुरापालन, माछापालन, मौरीपालन, कुटनीपीसनी मिल लगायतका थुप्रै परियोजना तालिम सहित प्रदानगरी आत्मनिर्भर बनाउने कार्य अगाडी बढाएका छौं।’
गभर्नर आचार्यले गाउँमा विभिन्न परियोजना संचालन भएपछि जनताको जीवनस्तरमा परिवर्तन आउदा डिष्ट्रिकका १६ हजार सदस्यलाइ आत्मसन्तुष्टि मिल्ने दावी गरे ।
उनले आर्थिक अवस्था कमजोर भएका कारण ज्ञान र सिपको अभाबमा जीविको पार्जनमा सकस भएका जनता आयआर्जन मार्फत समृद्ध बन्दा गौरबको अनुभूति हुने बताए । उनले यस अभियानमा सहभागी हुन क्लवहरुलाई समेत आह्वान गरे ।
गभर्नर आचार्यले लायन्सले नेपामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएको बताउदै यस बर्ष शुरु भएको उद्यमी नमूना गाउँ अभियानलाइ ब्राण्डकै रुपमा स्थापित गर्न चाहेको बताए ।
जोनचियर पर्सन डा.भवानी शंकर पौडेलले डिष्ट्रिक गभर्नरले समाज सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएकाले त्यसलाइ सफल पार्न क्लवलाइ आग्रह गरे ।
लायन्स क्लव अफ पा्खरा न्यूरोड चौतारीका संस्थापक अध्यक्ष बलाराम बडालले डिष्ट्रिक गभर्नरले अगाढी बढाएका कार्यक्रमहरुमा क्लवको सहभागिता रहने बताए ।
उनले विगतमा समेत क्लवले डिष्ट्रिकका विभिन्न कार्यक्रममा समेत सहयोग गरेको बताउदै डिष्ट्रिक गभर्नरले अगाढी बढाएका कार्यक्रमलाइ सहयोग गर्ने प्रतिबद्धता जानाए ।
क्लवका अध्यक्ष तुलसी प्रसाद पोखरेलले यस अघि प्रतिबद्धता जनाएका कार्यक्रममा क्लवका तर्फबाट सहयोग रहने भनाइ ब्याक्त गरे ।
क्लवले आयोजना गरेको कार्यक्रममा बिजयादशमी,दिपावली,छट लगायतका चाडपर्वको शुभकामनाका साथै पढाउ अभियान अन्तरगत दूइजना विद्यार्थीलाइ छात्रबृत्री प्रदान गरिएको थियो ।
Related