पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्री सहितको टोली शनिबार जनकपुर पुगेको हो ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो ।
प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए ।
सांस्कृतिक महत्व बोकेको जनकपुर र पर्यटकीय महत्व बोकेको पोखराबीच हवाई यातायात सेवा भएपछि दुवै क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास लिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा–जनकपुर उडान सुरु गरेकै दिन पोखरेल नेतृत्वको टोली जनकपुर आइपुगेको हो । टोलीलाई जनकपुर विमानस्थलमा मधेश प्रदशेका मन्त्रीले स्वागत गरे ।
टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराई एवं उद्योगी छन् ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट सातवटै प्रदेशमा एअर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ ।
यसअघि मधेश प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एअर उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान सुरु भएको छ ।

Related