लायन्स न्यूरोड चौतारीद्धारा स्वास्थ्य चौकीलाइ आवस्यक स्वास्थ्य सामाग्री प्रदान
तपाईको प्रतिक्रिया





लायन्स न्यूरोड चौतारीले स्वास्थ्य चौकीलाइ आवस्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
शनिबार स्याङजाको नाउँडाँडास्थित रहेको नाउँडाँडा स्वास्थ्य चौकीलाइ आवस्यक पर्ने वेड, रेफरिजेरेटर ,अक्सिजन सिलिण्डर सहितको सेट, लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबीच लायन्स क्लव अन्तिराष्ट्रि, डिष्टिक ३२५ ‘जे’का इलेक्ट गभर्नर ध्रुर्ब श्रेष्ठले स्वास्थ्य चौकीका प्रमुख बिध्या खड्कालाइ हस्तान्तरण गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गभर्नर श्रेष्ठले लायन्सले समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । उनले लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले स्वास्थ्य चौकीलाइ प्रदान गरेको स्वास्थ्य सामाग्रीले नागरिकलाइ राहत मिल्ने बताए ।
उनले भने,‘स्वास्थ्य सामाग्रीको अभाबमा सेवा लिनबाट बन्चित भएका सर्वसाधारणलाइ अब,स्थानियस्तरमै गुणस्तिरिय सेवा मिल्ने छ ।
न्यूरोड चौतारीका सदस्यहरुको ब्याक्तिगत सहयोगमा प्रदान गरेका स्वास्थ्य सामाग्रीले स्थानियलाइ पोखरासम्म धाउन पर्ने बाध्यताको अन्त्य गर्ने छ । अब, घर आँगमै चिनी रोगको परिक्षण गर्न समेत सहज भएको छ।’
गभर्नर श्रेष्ठले लायन्सहरुले विकट बस्तीसम्म पुगेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउदै आगामी दिनहरुमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गरे ।
बिषेश अतिथि एवं डिष्ट्रिकका इलेक्ट भाइस गभर्नर हरिहर मरहठ्ठाले क्लवले स्थानीय जनताको समस्या पहिचाहन गरेर आवस्यक उपकरण प्रदान गरेको बताए ।
डिष्ट्रिकका चिफ एडमिनेस्टिटेभ शिवराम फुयाँलले स्वास्थ्य सामाग्रीको प्रयोगसंगै जनतालाइ राहत मिल्ने बताए । उनले स्वास्थ्य सामाग्री उपलब्ध भएपछि स्थानिय जनताले सहजरुपमा गुणस्तरिय स्वास्थ्य सेवा पाउने बताए ।
कार्यक्रममा बिषेश अतिथि एवं पुतलीबजार नगरपालिकाका वडा अध्यक्ष ओम बहादुर खड्काले क्लवले स्वास्थ्य सामाग्री प्रदान गरेसंगै जनाताले स्थानीयस्तरमै गुणस्तरिय सेवा पाउने बताए ।
उनले आर्थिक अभाबका कारण स्वास्थ्य चौकीका लागि आवस्यक पर्ने स्वास्थ्य सामाग्री खरिद गर्न नसकेको अवस्थामा क्लवले गरेको सहयोगले राहत मिलेको बताए ।
क्लवका अध्यक्ष तुलसी प्रसाद पोखरेलले स्वाथ्य चौकीका लागि भनव निर्माण भएपनि त्यस ठाउँमा बिरामीका लागि उपचारमा आवस्यक पर्ने स्वास्थ्य सामाग्रीको अभाब देखेपछि क्लवका तर्फबाट सहयोग गरिएको बताए ।
उनले स्वास्थ्य चौकीमा आवस्यक पर्ने रेफरिजेरेटर, चिनीरोगको परिक्षण गर्ने किट लगायतका अभाबमा उपचारका लागि जनता पोखरा र स्याङजा सदरमुकाम धाउनु पर्ने अवस्थाको अन्त्यका लागि क्लवका तर्फबाट एकलाख भन्दा बढी मुल्यको विभिन्न उपकरण हस्तान्तरण गरिएको बताए ।
स्वास्थ्य चौकीका प्रमुख बिध्या खड्काले क्ललले दिएका सामाग्रीलाइ जनताको स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने बताइन ।
कार्यक्रममा फिस्टेल सिटीका इलेक्ट अध्यक्ष गिरीधारी पोखरेल,न्युरोड चौतारीका पुर्व अध्यक्ष क्षेत्र बहादुर बराल क्षेत्री लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा स्वागत मन्तब्य,क्लवका पूर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक धु्रर्ब प्रसाद रेग्मीले गरेका थिए भने कार्यक्रमको संचालन क्लवका द्धितिय उपाध्यक्ष अर्जुन पौडेलले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष तुलसी प्रसाद पोखरेलले गरेका थिए ।
Related