• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मादी गाउँपालिकालाई सांस्कृतिक गाउँ बनाउने गठबन्धनको प्रतिबद्धता

  •    शुभेच्छा न्यूज  /२५ बैशाख २०७९, आईतवार १८:४५ ,  प्रकाशीत
  • मादी गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँ बनाउने बताएका छन् ।

    आधुनिक शैलीले मौलिक संस्कृतिक लोप हुँदै गएको भन्दै गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँपालिका बनाउने पहल गर्ने बताएका हुन् ।

    मादी ७ महघारी र मादी ६, तप्राङमा भएको चुनावी सभामा बोल्दै मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि मादीको मौलिक संस्कृति जगेर्ना गर्नपट्टी लाग्ने बताएका छन् ।

    ‘मादी गाउँपालिका, सांस्कृतिक रुपमा धनी गाउँपालिका हो । अहिले आधुनिकताले यहाँको संस्कृति हराउदै गई रहेको छ, हामीले चुनाव जितेपछि त्यसलाई जोगाउनपट्टी लाग्छौं,’ उनले भने ।

    मादी गाउँपालिकालाई सास्कृतिक जगेर्ना गरेर पर्यटनसँग जोड्ने उनले बताए । ‘पुरानो संस्कृति जोगाउनुपर्ने त हाम्रो कर्तव्य नै हो । त्यसलाई जोगाउँदै पर्यटनसँग जोडेर, पर्यटकीय नमुना गाउँ बनाउन हामीले पहल गर्ने छौं,’ उनले भने ।

    गठबन्धनकै उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले संविधान रक्षा गर्न गठबन्धन एक ढिक्का भएर लागे जस्तै मादी बनाउन पनि लाग्ने बताए ।

    सबै दलको सहमतिमा बजेट विनियोजन हुने भए पनि विपक्षी दलले आफैले छुट्याए जसरी प्रचार गरेकोमा उनले आपत्ति प्रकट गरे । गाउँपालिका विकासका लागि सबैको समन्वय जरुरी रहेको बताउँदै उनले गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

    नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं कांग्रेस नेता कृष्ण केसीले गठबन्धनका उम्मेद्वारलाई जिताउन मतदातासामु आग्रह गरे । चुनावमा गठबन्धनलाई जिताएर मादीलाई जिताउन मतदातामाँझ उनको आग्रह थियो ।

    मादी ६ वडा सदस्य पदका उम्मेद्वार खेमबहादुर जिसीले चुनावपछि वडामा खेलकुद, शिक्षा, स्वास्थ्यमा जोड दिने बताए । वडा र गाउँपालिका विकासका लागि सबै दलको उत्तिकै भुमिका रहने हुँदा निशेधको राजनीति बन्द हुनु पर्ने उनको भनाई थियो ।

    मादी गाउँपालिका र वडा नम्बर ६ लाई समृद्ध बनाउने भिजन गठबन्धनसँग मात्र रहेको बताउँदै उनले गठबन्धनका सबै उम्मेद्वारहरुलाई जिताउन आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.