शिवालय माबि पूर्ब बिद्यार्थी मञ्चको अध्यक्षमा सुवेदी निर्बाचित
"विद्यायको भौतिक तथा शैशिक विकासका लागि लगि पर्ने "
तपाईको प्रतिक्रिया





शिवालय माध्यामिक बिद्यालय पूर्ब बिद्यार्थी मन्चकोको अध्यक्षमा शिबराज सुवेदी सर्बसम्मत निर्बाचित भका छन।
कास्कीको रुपा गाउँपालिका –२ थुम्कीमा रहेको शिवालय मावीमा शनिबार आयोजित दोस्रो अधिबेशन तथा चौथो साधारण सभाले सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
यस अघि पूर्ब बिद्यार्थी मन्च शिवालय मावीको अध्यक्ष राजन सुवेदी रहेका थिए । उनै सुवेदी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपा गाउँपालिका–२ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी सोही विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष समेत रहेका छन ।
विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहदै आएका शिवराज दोस्रो कार्यकालका लागि शिवालय मावीको पुर्ब बिद्यार्थी मन्चको अध्यक्ष चयन भएका हुन । उनले यस अगाडीको कार्यकालमा उपाध्य भएर जिम्मेवारी निर्वाह गरेका थिए।
अध्यक्षमा निर्वाचित सुवेदीले आगामी दिनमा विद्यायको भौतिक तथा शैशिक विकासका लागि लगि पर्ने बताए । उनले भने,‘ म दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएकाले बिधालयको शैशिक सुधारका लागि सक्दो सहयोग गर्ने छु ।
विद्यालयका गूणस्तर सुधार गर्ने र भौतिक बिकास लगायत मेरो प्राथमिकतामा रहने छन । बिधालयको सरसफाइ, चमेना गृहकाको स्तरउन्नतीका कार्य गर्न सहयोग रहने छ ।’
नवनिर्वाचित अध्यक्ष सुवेदीले विद्यालयबाट एसईई परिक्षामा सर्बोउत्कृट स्थान हासिल गर्ने एक÷एक जना छात्रा,छात्रलाइ ३÷ ३ हजार पुरस्कार प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
शनिबार सम्पन्न निर्बाचनमा पदाधिकारी सहित १५ सदस्य कार्य समिती चयन भयको छ । बरिस्ठ उपाध्यक्षमा पोस्टराज सुवेदी, उपाध्यक्ष भगवान ओझा, सचिब उदय ओझा, सह सचिब आशिष ओझा, कोषाध्यक्ष प्रदिप सुनाम , सदस्यहरु हरिचन्द्र सुवेदी,
बिजेन्द्र सुनाम, शिबहरी ओझा, सम्झना सुवेदी, सरिता सुवेदी ओझा, विशाल सुवेदी, लक्ष्मण ढुङ्गाना, युबराज सुवेदी र अमृत सुवेदी चयन भएका छन ।
निर्बाचन कार्यसमितिको संयोजकमा लेखनाथ उध्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा रहेका थिए भने सदस्यहरुमा रमेश ओझा र राजन सुबेदी रहेका थिए।
Related