लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक जे अन्तरगतको जोन ७ को प्रि–जोन बैठक सम्पन्न भएको छ ।
मंगलबार पोखराको न्यूरोडमा डिष्ट्रिक जे को रिजन ४ अन्तरगतको जोन ७ का जोन चियर पर्सन क्षेत्र बहादुर बराल क्षत्रीको अध्यक्षतामा प्रि–जोन बैठक सम्पन्न भएको हो ।
बैठकमा लायन्स न्यूरोड चौतारी,पिस भ्याली र प्रस्तावित आरम्भ चौतारीका पदाधिकारीसहित उपस्थित भएका अध्यक्षहरुले लायन बर्ष सन २०२२।०२३ मा क्लवका तर्फबाट गरिने कार्य योजना प्रस्तुत गरेका थिए ।न्यूरोड चौतारीका इलेक्ट अध्यक्ष कृष्ण बहादुर लम्साल, पिसभ्यालीका शंकर पौडेल र आरम्भ चौतारीका अध्यक्ष माया बराल कार्कीले आगामी बर्ष क्लवले वातावरण, शिक्षा, स्वास्थ्य लगायतका मानब सेवाका कार्य गर्ने उल्लेख गरे ।
डिष्ट्रिकका सेक्रेटरी मधुसुधन कोइराला, जिएसटी चिफ राजु श्रेष्ठ, को–चिफ दिपक राज घिमिरे, सुदिप ओझा, रिजन चियर पर्सन नरहरि पौड्याल र को–जोन चियर पर्सन शोभा गौतमले क्लवका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिब र कोषाध्यलाइ लायन्सले समाज सेवाका विभिन्न क्षेत्रमा खेल्नु पर्ने भूमिका, डिष्ट्रिक, लायन्स अन्तराष्ट्रियको सम्बन्ध,कार्यसम्पादन, दायित्व र जिम्मेवारीका वारेमा आ–आफ्ना भनाइहरु राखेका थिए ।

Related