• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स अन्तराष्ट्रि डिष्ट्रिक्ट ३२५ ‘जे’को क्याविनेट बैठक ः डिष्ट्रिकका पदाधिकारीको पदस्थापन सम्पन्न

  •    शुभेच्छा न्यूज  /३२ असार २०७९, शनिबार २०:४६ ,  प्रकाशीत
  • लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको पहिलो क्याविनेट बैठक एवं पदस्थापन समारोह सम्पन्न भएको छ ।

    शुक्रबार पोखरा माटेपानिस्थित एसआर केसी क्याटरिङमा क्याविनेट बैठक सम्पन्न भएको थियो । शनिबार पोखरा सभागृहमा आयोजित कार्यक्रमा डिष्ट्रिक गभर्नर धुब्र श्रेष्ठ सहितका क्याविनेटका बिभिन्न पदाधिकारीलाइ पदस्थापन गराइएको थियो ।

    सभागृहमा आयोजित पदस्थापन समारोहमा लायन्स क्लब अन्तराष्ट्रिय निर्देशक समिर अबी सम्राले गभर्नर श्रेष्ठसहित क्याविनेटका जोन, रिजन, डपार्टमेण्ट चिफ, कोचिफ, जिएलटी, जिएमटी, जिएसटी कोओडिनेटर लगायत क्लव अध्यक्ष सहितका पदाधिकारीलाई पदस्थापन गराएका हुन्।

    नेपालमा यस अघि चार वटामात्र डिष्ट्रिक रहेकामा यस बर्षदेखि १५ वटा बनाइएको छ । लायन बर्ष सुरु भएसंगै विभिन्न १५ वटा डिष्ट्रिकमध्ये डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालले पहिलो सवै भन्दा पहिले क्याविनेट बैठक सम्पन्न गरेको हो ।

    डिष्ट्रिकका पदाधिकारीको पदस्थापनपछि बोल्दै लायन्स अन्तराष्ट्रियका निर्देशक समिर अबी सम्राले लायन्सले समाजका विभिन्न क्षेत्रमा आवस्यक सहयोग गर्दै आएका बताए । उनले लायन्सले विपद, दैविप्रकोप लगायतका क्षेत्रमा समेत बर्षेनी समयोग गर्दै आएको बताए ।

    निर्देशक सम्राले पछिल्लो समय नेपालमा पनि लायन्स क्लबहरुले समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे ।

    गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख बाबुराम कुँबरले लायन्स क्लवहरुले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग पु¥याएको बताए ।

    उनले लायन्सहरुले आपूmलाइ समाजसेवीका रुपमा स्थापित गर्दै समुदायको अवस्थामा सुधार ल्याउन लाग्नु पर्ने बताए ।

    उनले भने,‘तपाइहरु समाज सेवामा नमूना योग्या बन्नोस् । समुदायको नेतृत्व गर्दै नमूना बनेर बिकृत बन्दै गएको राजनीतिलाइ समेत सहिमार्गमा ल्याउन योगदान गर्नोस । तपाइका यस्ता प्रयासले हाम्रो समाज, समुदायमा समेत सकारात्मक बनाउन सहयोग पुग्ने छ ।

    पूर्व प्रदेश प्रमुख कुँबरले आपूmले आम्दानीको पच्चिस प्रतिसत सामाजिक कार्यका लागि छुट्याउने गरेको बताउदै उद्योगी, ब्यवसायीलाइ पनि आफ्नो आम्दानीको पाँच प्रतिशत रकम समाजका लागि ब्यवस्था गर्न आग्रह समेत गरे ।

    गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले नेपालको सामाजिक क्षेत्रमा लायन्स क्लबका ठुलो योगदान गरेको बताए ।

    उनले समाज सेवाको भाबनाले उनीहरुले विभिन्न बर्गमा सयोग पु¥याएको उल्लेख गरे । मन्त्री थापाले लायन्सहरुले यस क्षेत्रका समुदायमा पुगेर स्वास्थ्य, शिक्षा, वातारण, खानेपानी र अकस्मात आइपर्ने बैविबिपत्तिमा समेत दिलोज्यानले सहयोग गर्दै आएको बताए ।

    पोखरा महानगरका मेयर धनराज आचार्यले सामाजिकमा लायन्स क्लवहरुको महत्वर्पूर्ण योगदान पु¥याएको बताए । उनले समाजिक क्षेत्रमा सेवाका कार्य गर्नका लागि लायन्स लगायतका संस्थाहरुसंग सहकार्य गर्न पोखरा महानगर तयार रहेको बताए ।

    लायन्स अन्तराष्ट्रियका पूर्व निर्देशक संजय खेतानले नेपालका लायन्सहरुले विभिन्न दैबीप्रकोप र समाजसेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।

    उलने लायन्स क्लबमार्फत समुदायको स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगातका क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गरे ।

    लायन्स डिष्ट्रिक ३२५ बी १ नेपालका निवर्तमान डिष्ट्रिक गभर्नर बिशेश्वर आचार्यले लायन्सका माध्यमबाट समुदायमा उल्लेख्य काम गरेको बताए ।

    उनले समुदाय सम्म पुगेर विद्यालयका भौतिकसंरचना बनाउने देखि पढाउ अभियान र समुदायको उन्नतिका लागि डेढदर्जन ठाउँहरुमा गतबर्ष लायन्स भिलेज कार्यक्रम संचालन गरेको उल्लेख गरे ।

    मिस नेपाल प्रेयङका रानी जोशीले लायन्स क्लवहरुले बिभिन्न खालका सेवामुलक मानबिय कार्य गर्दै आएको बताइन् । उनले नेपाली नायनहरुको सेवासंगै ब्याक्ति र समुदायको नेतृत्व बिकासमा ठुलो योजदान रहेको उल्लेख गरिन् ।

    कार्यक्रममा कास्कीका गाउँपालिकाका अध्यक्षहरु, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत ३३ वटै वडाका वडाअध्यक्षलाइ सम्मान गरिएको थियो ।

    डिष्ट्रिक गभर्नर ध्रुर्ब श्रेष्ठले लायन्सलाइ समुदायसंग जोडेर सहकार्य गर्नका लागि नबनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान गरिएको बताए । उनले समुदाय र लायन्सको सहकार्यबाट मात्र समाजका विभिन्न क्षेत्रमा सहयोगसंगै लायन्सका वारे जानकारी दिनका लागि यो कार्यक्रम प्रभाबकारी हुने दावी गरे।

    कार्यक्रममा क्वलका कोषाध्यक्ष, अध्यक्ष,जोन,रिजन,चिफ कोओडिनेटर, कोचिफ, अफिसर लगायतका पदाधिकारीलाइ सम्मान समेत गरिएको थियो ।

    कार्यक्रममा धन्यवाद ज्ञापन द्धितिय भाइस डिष्ट्रिक गभर्नर मिलन थापाले गरेकी थिइन्।

    डिष्ट्रिक गभर्नर धु्रर्ब श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन सचिब मधु सुदन कोइराललाले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.