• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सार्वजनिक यातायात महासंघ गण्डकीले बन्द हड्ताललाइ समर्थन नगर्ने

"सार्वजनिक यातायता नियमित संचालन हुने  "
  •    शुभेच्छा न्यूज  /२१ श्रावण २०७९, शनिबार ११:०५ ,  प्रकाशीत
  • सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेश कमिटिले सरकारसंग वार्ता र सम्वाद चलिरहेकाले सवारी संचालन रोक्ने आन्दोलनमा आफनो समर्थन नरहने जनाएको छ ।

    प्रदेश कमिटिले आइतारदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले घोषणा गरेको सवारी साधन घर–घरमा थन्काउने आन्दालनमा आफ्नो संगठनको सहभागिता नरहने जनाएको हो ।

    प्रदेश सरकारले सवारीका साधनहरुमा बृद्धि गरेको कर जरिवानाका सम्बन्धमा सरकारसंग नियमित रुपमा बार्ता चलिरहेकाले बन्द हड्तालको कार्यक्रममा आफ्नो संगठनको सहभागिता नरहने प्रष्ट पारेको हो ।

    गण्डकी प्रदेश सरकारले नयाँ आर्थिक बर्षमा सवारीका साधनहरुमा कर जरिवाना बृद्धि गरेपछि सरकारसंग पटक पटक वार्ता चलिरहेकाले आफ्नो तर्फबाट तत्काललाइ कुनै आन्दोलनको आयोजना नगरिएको सार्वजनिक यातायता महासंग गण्डकीले विज्ञप्ति मार्फत जनाएको छ ।

    यस अघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले सरकारले गैरजिम्मेवार भई कर बढाएर जनाताको ढाड सेक्न कार्य गरेको आरोप लगाउदै २२ आइताबरदेखि प्रदेशभरका सार्वजनिक गाडी घरग्यारेजमै थन्काउने घोषणा गरेको थियो ।

    त्यसको काउन्टरमा सार्वजनिक यातायता महासंघले वार्ता चलिरहेले आन्दोलनमा समर्थन नरहेको उल्लेख गर्दै सार्वजनिक यातायात संचालन गर्ने जनाएको हो ।

    यातायात महासंघका अध्यक्ष बसन्त प्रधानद्धारा जारी बिज्ञप्तिमा भनिएको छ,‘कोभिडका कारण लामो समय यातायात संचालन गर्न नपाउदा मर्कामा परेका ब्यवसायीको मागलाइ प्रदेश सरकरले निरन्तर वार्ता, सम्बाद मार्फत समाधान गर्ने दिशामा अगाडी बढिरहेकाले सार्वजनिक यातायात महासंघ गण्डकी कुनै पनि बन्द, हडताल र गाडी घर–घर, ग्यारेजमा थन्काउने कार्यक्रमका नरहेको जानकारी गराइन्छ ।’

    ‘प्रदेश कमिटिमा आबद्ध सदस्य र सम्पूर्ण प्रालिहरुले आ–आफ्ना सार्वजनिक सवारीका साधनहरु निर्वाधरुपमा संचालन गरि नागरिकहरुलाइ सेवा प्रदान गर्न समेत आग्रह गर्दछौ’,बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    यातायात महासंघले ब्यवसायीका समस्या समाधनका लागि वार्ता र सम्बाद मार्फत समस्या समाधान गर्नका प्रदेश सरकरलाइ बिज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।

    त्यस्तै महासंघले ट्क्सीब्यवसायीका समस्याका वारेमा पनि प्रदेश सरकारसंग वार्ता, सम्वाद मार्फत मिटरमा संचालन गर्ने सम्बन्धको कारवाही र भाडा समायोजन समेत गरिएको उल्लेख गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.