• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिरौंटा क्लबको जनप्रतिनिधिलाइ सम्मान र तिज बिषेश कार्यक्रम

  •    शुभेच्छा न्यूज  /३ भाद्र २०७९, शुक्रबार १५:३१ ,  प्रकाशीत
  • बिरौटा क्लवले जनप्रतिनिधिलाइ सम्मान सहित तिजको उपलक्ष्यमा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

    क्लबले बिहिबार स्थानियतहको निर्वाचनमा पोखरा महानगरपालिका निर्वाचित जनप्रतिनिधिलाइ सम्मान तथा तिजको अबसरमा दर खाने कार्यक्रमको आयोजना गरेको हो ।

    पोखरा महानगरपालिका वडानं–१७ का अध्यक्ष राधिका शाही योगी,बिष्णु थापा भुजेल,तारा परियार, शिवराम भण्डारी, बिक्रम गुरुङ, र क्लवको भवन निर्माणका लागि गग्गा प्रदान गर्ने जग्गादाता एवं वडानं ६ बाट वडासदस्यमा निर्वाचित बासुदेव बराललाइ सम्मान गरिएको क्लवका अध्यक्ष पवित्र मणी पोखरेलले जानकारी दिए ।

     

    कार्यक्रममा प्रमुख अतिथि वडानं १७ का वडाअध्यक्ष राधिका शाही योगी, संस्थापक अध्यक्ष खगराज आचार्य, पुर्व अध्यक्ष भेषराज बराल, कालिदास पौडेल, महिलाहरुको तर्फबाट संकल्प आमासमुहका पुर्व अध्यक्ष भगवती बराल र जग्गादाता यदु प्रसाद बरालले मन्तब्य राखेका थिए ।

    तिज गित प्रतियोगितामा सहभागि महिला मध्ये श्रीधरा अधिकारी प्रथम, गिता लामिछाने दृतिय, रन्जिता आचार्य तृतिय र दुर्गा अधिकारीले सान्त्वना पुुरस्कार जित्न सफल भएको क्लबका सचिब सरिता बरालले बताइन् ।

    क्लवले बार्षिक कार्यतालिका अनुसार आयोजना गरेको कार्यक्रममा स्वागत मन्तब्य राख्दै अध्यक्ष पवित्र मणी पोखरेलले स्थापनाकालदेखि हालसम्म गरेका सामाजिक कार्यहरु सहित आगामी दिनमा क्लवले गर्ने कार्यहरुका वारेमा आफ्ना भनाइ राखेका थिए ।

    अध्यक्ष पोखरेलको अध्यतामा सम्पन्न कार्यक्रमको संचानल सचिब सरिता बरालले गरेकी थिइन । कार्यत्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष ओमप्रकाश बरालले गरेका थिए ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.