• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स न्यूरोड चौतारीको ११ औं स्थापना दिवसको अबसरमा खाद्यान्न र लत्ताकपडा वितरण

  •    शुभेच्छा न्यूज  /५ भाद्र २०७९, आईतवार १६:०१ ,  प्रकाशीत
  • लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीले अनाथलयका बालवालिकाका लागि खाद्यान्न र लत्ताकपडाहरु वितरण गरेको छ ।

    आइतबार क्लवले ११ औं स्थापना दिवसको अबसरमा पोखरा –१५ टुटुङ्गा स्थित रहेको सृजनशील बालबिकासमा खाद्यान्न र लत्ताकपडा प्रदान गरेको हो ।

    लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको ११ औं स्थापना दिवसको अबसर पारेर बालगृहमा रहेका डेढदर्जन बालबालिकाका लागि आवस्यक पर्ने खाद्यान्न, शैशिक सामाग्री, बेडकबर लगायत ३० हजार रुपैयाँका सामाग्री हस्तान्तरण गरिएको क्लका सचिब माधब बास्ताकोटीले बताए ।

    उनले क्लबले बार्षिक कार्यतालिका बनाएर विभिन्न सामाजिक कार्य गर्नूकासाथै स्थापना दिवसका अबसरमा प्रत्येक बर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे का कम्युनिकेशन चिफ प्रजापति बास्तोलाले क्लबले आफ्नो स्थापना दिवसका अबसरमा अनाथलयका बालबालिकाका लागि आवस्यक पर्ने खाध्यान्न र शैशिक सामाग्री प्रदान गरेर मानबीय कार्य गरेको बताए ।

    उनले भने,‘क्लबले स्थापना दिवसको अबसरमा अनाथ बालबालिकालाइ सहयोग पुग्ने सामाग्री प्रदान गरेको छ । यसले क्वबको मानबीय सेवा प्रतिको प्रतिबद्धता झल्किएको छ । क्लवले प्रदान गरेका सामाग्रीले बालवालिका पठनपाठनलाइ सहज बनाउनुका साथै उत्साह बढ्ने छ ।’

    कम्युनिकेशन चिफ बास्तोलाले लायन्स क्लबहरुले स्वास्थ्य, शिक्षा, वातावरण लगायत दैबीप्रकोपको क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

    उनले एक दशक अघि स्थापना भएको यस क्लवले समाज सेवाका क्षेत्रमा महत्वपुर्ण कार्य गरेको बताउदै आगामी दिनमा पनि विभिन्न अबसर र सेवाबाट बन्चित भएका सर्वसाधारणलाइ केन्द्रीत गरेर कार्य गर्न क्लवलाइ सुझाए ।

    बालगृहका प्रमुख शंकर पन्तले सहयोगी दाताहरुको सहयोगका भरमै बालगृहमा रहेका बालबालिकाको क्षिक्षादिक्षा र लालनपालन गर्दै आएको बताए ।

    उनले भने,‘ बालगृहका बालबालिकाका लागि दाताहरुको सहयोगबाटै खर्च ब्यवस्थापन गर्दै आएका छौं । हाम्रो नियमित आम्दानीको कुनै स्रोत छैन । समाज सेवाका लागि सहयोग गर्ने चाहने तपाइहरु जस्तै सहयोगिहरुबाटै प्राप्त सहयोगले यहाँका डेढदर्जन बालबच्चाको लालनपालनसहित शिक्षादिक्षाको जोहो गर्दै आएका छौं ।’

    उनले विभिन्न माध्यमबाट बालगृहमा आइपुगेका बालाबालिकाको पालनपोषणसंगै प्राथमिकदेखि उच्चतहसम्मको शिक्षादिक्षा दिदै आएको बताए । प्रमुख पन्तले क्लवले गरेको यस सहयोगले ठुलो राहतको अनुभुति भएको उल्लेख गरे ।

    संस्थापक अध्यक्ष बलाराम बरालले सन २०१२ मा स्थापना गरिएको यस क्लबले समाजसेवाका बिभिन्न क्षेत्रमा कार्य गर्दै आएको बताए । उनले प्रत्येक बर्ष क्वबबाट निर्वाचित भएका अध्यक्षहरुले स्वास्थ्य, शिक्षा, वातावरण, दैबिविपत्ति लगायतका क्षेत्रका महत्वपुर्ण कार्य गर्दै आएको बताए ।

    क्वका अध्यक्ष कृष्ण बहादुर लम्सालले आफ्नो कार्यकालको दोस्रो कार्यक्रम अनाथलयका बालबालिकालाइ सहयोग गरेर शुरुवात गर्ने अबसर पाएकोमा खुशी ब्याक्त गरे ।

    उनले आफ्नो कार्यकालमा समाज सेवाका विभिन्न क्षेत्रमा कार्य गर्ने योजना रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.