• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की कांग्रेसको चुनाबी तयारी ; २२ हजार १ सदस्यिय मूल प्रचार प्रसार समिति गठन

  •    शुभेच्छा न्यूज  /२४ आश्विन २०७९, सोमबार १६:२८ ,  प्रकाशीत
  • आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरेर नेपाली काँग्रेस कास्कीले आवश्यक तयारी शुरु गरेको छ ।

    कास्की काँग्रेसका सभापति किशोरदत्त वरालको सभापतित्वमा आज वसेको वैठकले पार्टीको तर्फवाट २२ हजार १ सदस्यिय मूल प्रचार प्रसार समिति गठन गरेको छ ।

    समितिमा क्षेत्रीय सभापतिहरु र पोखरा महानगर सभापति संहसंयोजक र पार्टीका सम्पूर्ण क्रियाशिल सदस्यहरु सदस्य रहने कास्की काँग्रेसका प्रवक्ता विश्व शंकर पालिखे ले जानकारी दिनुभयो ।

    वैठकले निर्वाचनकै सम्वन्धमा सचिव भानुभक्त ढकालको संयोजकत्वमा रामजी कोइराला, मनवहादुर लाम्गादे, निर्मला कार्की भण्डारी सदस्य रहेको सचिवालय समिति गठन गरेको छ । यसैगरी वैठकले जिल्ला कोषाध्यक्ष माईकल कर्माचार्यको संयोजकत्वमा अर्थ उपसमिति गठन गरेको छ ।

    साथै वैठकले घोषणा पत्र तयारीका लागि प्रा।पद्यशरण रेग्मी, कपीलमणी दाहाल र दिपेन्द्र ढकाललाई जिम्मेवारी दिएको छ । त्यस्तै कानूनी पराशर्मका लागि निवर्तमान जिल्ला सदस्य कृष्ण तिमिल्सीना लाई वैठकले संयोजक तोकेको छ ।

    वैठकले निर्वाचनका सन्दर्भमा सामाजिक सन्जाल र मिडियामा अनावश्यक भ्रम छर्ने गतिविधीमा संलग्न नहुन पार्टीका सवै क्रियाशिल सदस्यहरु एवम् शुभेच्छुकहरुलाई अनुरोध गरेको छ । साथै वैठकले पार्टीको निर्णय विपरित उम्मेदवारी दर्ता गर्नु भएका पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुलाई तत्काल उम्मेदवारी फिर्ता लिन अपील गरेको छ ।

    वैठकले नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य सुदिप गौतमको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै १३औं दिनको पूण्यतिथिका दिन २०७९ भाद्र २६ गते विहान ७।३० बजे पार्टी कार्यालय, वी।पी।मार्ग चिप्लेढुङ्गामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

    यसैविच आजै विहान कास्की काँग्रेसको पार्टी कार्यालयमा ५ दलीय गठवन्धनको वैठक सम्पन्न भएको छ । वैठकमा नेपाली काँग्रेस, ने।क।पा।माओवादी केन्द्र, ने।क।पा।एकीकृत समाजवादी, राजमो र नेसपाका केन्द्रिय तथा जिल्ला नेताहरु र उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

    वैठकले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको संयोजकत्वमा र गठवन्धनका दलहरुको सहसंयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको कास्की काँग्रेसका सहसचिव नविन सिग्देलले जानकारी दिनुभयो ।

    साथै वैठकले कास्कीका सवै वडाहरुमा संयुक्त निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै कास्की काँग्रेसको पार्टी कार्यालयलाई गठवन्धन दलको मूख्य निर्वाचन परिचालन सचिवालय वनाउने वैठकले निर्णय गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.