• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिव गुरुङको अवकाश

  •    शुभेच्छा न्यूज  /२४ आश्विन २०७९, सोमबार २०:५४ ,  प्रकाशीत
  • पोखरा । प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यमाअवकाशपाएकाछन् ।
    ६० वर्षे उमेर हदबन्दीकाकारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाशपाएकाहुन् ।

    खुलाप्रतिष्पर्धा मार्फत १९ महिनाअघिप्रदेश खेलकुद परिषदगण्डकीको स्थापना संगै चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ती पाएका थिए ।

    गण्डकीप्रदेशमा ३९ वर्ष पछि आयोजना हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाशसंगै प्रदेश खेलकुद परिषद नेतृत्व विहिन हुनपुगेको छ ।

    गण्डकीप्रदेश खेलकुद परिषदको कार्यकारी तहबाट अवकाश पाउनु अघि एक पत्रकार सम्मेलनको आयोजना गरी सदस्य सचिव गुरुङले नियमितप्रक्रिया रहेको बताए ।

    उनले भने–“१९ महिनाको अवधिमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडिमा स्थापितगर्न हामीले जुनभूमिका खेल्यौं त्यो महत्वपूर्ण र उपलव्धिमुलक रहेको छ ।”आफूले अवकाश पाउनु भन्दा तिन महिना अघिनै प्रदेश सरकारलाई यस विषयमा जानकारी गराएको बताउँदै आफ्नो कार्यकालको अन्तिम समय सम्म सक्रिय रुपमाकार्य गरेको उनले बताए ।

    अवकाश हुनु अघि सदस्य सचिव गुरुङले जारी गरेको प्रेस विज्ञप्तीमा भनेका छन्–“हाम्रो समाज र नेतृत्वले खेलकुदप्रतिको बुझाई धेरै सकारात्मक नभई सकेको अवस्थामा हाम्रा श्रोतमा धेरै सिमितता रहन्छभन्ने कुरामापूर्व अनुमान रहेकै विषयथियो ।” उनले भनेका छन्–“जुनहाम्रो निम्ति प्रमुख चुनौती थियो ।

    तर त्यो चुनौतीलाई चिर्दै हामीले उपलव्धीमुलक रुपमाप्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिकामात्रै खेलेनौं निश्चित गन्तव्य र त्यहाँ पुग्नका लागि ठोस रणनितिक योजना तय ग¥यौं ।”

    खेलकुदका लागि पोखरा राम्रो आयोजक र व्यवस्थापक रहेको तर समग्र खेलकुदको नतिजाको दृष्टिकोणले नतिजा मुखी बन्न नसकेको तितो यथार्थ रहेको बताउँदै सदस्य सचिव गुरुङले यसका लागि भिजन र मिसन समेत तयार गरी चार खम्वे रणनितिक योजनाहरुका साथ अघिबढेको बताए ।

    प्रदेशको भिजन स्टेटमेन्ट–‘राष्ट्रियगरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’लाई सर्वव्यापी बनाउने प्रयास गरिएको उनले उल्लेख गरे ।

    सोही परिणाम अनुसार उत्कृष्ट खेलाडीउत्पादन र शुनिश्चितजिवन शैली, अनुशन्धनात्मक कार्य, सबैका लागि खेलकुद, क्षमता अभिवृद्धि र सुशासन, पूर्वाधार एवं श्रोत परिचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरी उपलव्धिमुलक रुपमा नतिजा प्राप्तगरिएको उनले दावी गरे ।

    अवकाशपाउनु अघि सदस्य सचिव गुरुङलेगण्डकीप्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, निवर्तमानमुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, यूवातथा खेलकुदमन्त्री राजिव गुरुङ प्रतिआभार प्रकट गरेकाछन् ।

    आफ्नो १९ महिने कार्यकालमा सहयोग गर्नेहरु प्रति समेत सदस्य सचिव गुरुङले धन्यबाददिंदै नेपाली समाजलाई खेल क्षेत्रको माध्यमद्वारा रुपान्तरणगर्न सकिन्छभन्ने दृढ विश्वास सहितखेल क्षेत्रमाअघिवढि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

    सो अवसरमाप्रदेश खेलकुद परिषदगण्डकीकाउपाध्यक्षधोज कुमार गुरुङ र सदस्य सचिव गुरुङले प्रदेश खेलकुद परिषदगण्डकीले प्रकाशित गरेको ‘खेल्छगण्डकी’बुलेटिन संयूक्त रुपमाविमोचन गरेकाथिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.