• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा नयाँबजारमा हुने व्यापार मेला सफल बनाउने बस्तुगत संघहरुको प्रतिवद्धता

  •    शुभेच्छा न्यूज  /१२ मंसिर २०७९, सोमबार ११:०२ ,  प्रकाशीत
  • पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुले यही मंसिर १६ गतेदेखि पोखरा नयाँबजारमा सुरु हुने ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’लाई हरतरहले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले पोखरामा आयोजना हुने व्यापार मेला सफल हुँदा आर्थिक गतिविधि चलायमान हुने धारणा पनि व्यक्त गरेका छन् ।

    मेला तयारीको क्रममा बोल्दै कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष रामकली खड्काले महिला उद्यमी,हस्तकला तथा लघुउद्यमीहरुका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने उपयुक्त थलो नै मेला भएको बताइन् ।

    आफ्ना सामानको ब्राण्डिङ गर्न तथा उपभोक्ताहरुको धारणा बुझ्न पनि यस्ता मेलामा सहभागिता जनाउनुपर्ने उनको भनाइ थियो । उनका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटीइभिटी ) सँगको सहकार्यमा कास्की जिल्ला हस्तकला संघले मेला परिसरभित्रै विभिन्न ४ खालको तालिमको प्रबन्ध गरिएको छ । हस्तकलाका सामग्री कसरी बन्छन् भन्ने बुझ्न तालिम लाभदायक हुने उनको भनाइ छ ।

    पोखरा हार्डवयर एसोसियसनका अध्यक्ष शेषकान्त ढकालले राष्ट्रिय औद्योगिक व्यापार मेला सफल हुँदा त्यसको फाइदा सबै व्यवसायी र पोखरेलीले पाउने बताए ।

    उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउँदा नयाँ बजार खोज्न सजिलो हुने उनको धारणा थियो ।

    फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेलले मेलामा गुणस्तरीय सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउन विशेष व्यवस्था गरिनुपर्ने सुझाव दिए । सिद्धार्थचोक–चिप्लेढुंगा व्यवसायी संघका अध्यक्ष डिबी भुजेलले उपभोक्ताका चाहना र आवश्यकता अनुसारका बस्तु तथा सेवाहरु मेलामा राखिनुपर्नेमा जोड दिए ।

    सर्वेश्वर मार्ग व्यवसायी संघका अध्यक्ष बालकृष्ण भण्डारीले राष्ट्रिय औद्योगिक व्यापार मेला व्यवसायीहरुको ठूलो पर्व भएको धारणा राखे ।

    कास्की जिल्ला मुद्रण संघका अध्यक्ष किरण श्रेष्ठले मेलालाई सफल बनाउन हरतरहले सघाउने प्रतिवद्धता व्यक्त गरे । मेलाले बजारलाई आवश्यक जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

    पृथ्वी होटल संघका अध्यक्ष बालकृष्ण न्यूरेले मेलाले सेवा उद्योगको प्रवद्र्धनमा पनि सघाउने धारणा राखे भने फलफूल तथा तरकारी बिक्रेता संघका रामकृष्ण दवाडीले मेलामा कृषि उत्पादनहरुलाई विशेष प्राथमिताका साथ प्रदर्शन गरिनुपर्ने सुझाव दिए ।

    कस्मेटिक व्यवसायी संघकी दुर्गा बरालले मेलालाई महिला उद्यमशीलता विकास गराउने थलोको रुपमा विकास गर्नुपर्ने बताइन् ।

    मेलाको बस्तुगत संघ संस्था समन्वय उपसमिति संयोजक तथा आयोजक पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य लेखनाथ सुवेदीले बस्तुगत संघहरुसँगको सहकार्यबाट मात्र मेला सफल हुने धारणा राखे ।

    बैठकमा उठेका जिज्ञासाहरुको संघका अध्यक्ष पवनकुमार प्रजापति, बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलगायतले उत्तर दिइको महासचिव तथा मेला प्रचार प्रसार उपसमितिका संयोजक बलराम आचार्यले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.