• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमाले कास्कीद्धारा मतदाता, शुभेच्छुकमा धन्यवाद व्यक्त

  •    शुभेच्छा न्यूज  /१२ मंसिर २०७९, सोमबार १८:३१ ,  प्रकाशीत
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मतदान गर्ने मतदाता तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सम्पुर्णलाई धन्यवाद दिएको छ ।

    सोमवार एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका अध्यक्ष तेजनारायण अधिकारीले एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले) का सूर्यध्वजावाहक उम्मेदवारहरुलाई अत्याधिक मत दिई विजयी गराउने कस्केली मतदाता, पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुलाई हार्दिक आभार सहित धन्यवाद दिएका हुन् ।

    विज्ञप्तीमा सत्ता गठबन्धनको हरेक खालको तिकडम राज्य सत्ताको दुरुपयोग समेतलाई परास्त गरी विजयी हुने नेकपा (एमाले)का सुर्यध्वजाबाहक उम्मेदवारहरूमा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

    निर्वाचनको प्राप्त परिणाम अनुसार जिल्लामा प्रतिनिधि सभामा क्षेत्र नम्वर १ बाट मन बहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’, साथै प्रदेश सभा क्षेत्र नम्वर १ (१) बाट खगराज अधिकारी, १(२) बाट बेदबहादुर गुरुङ ‘श्याम’, क्षेत्र नम्वर २(१) बाट भिम बहादुर कार्की र क्षेत्र नम्वर ३(१) बाट गणेशमान गुरुङ अत्यधिक मतले विजयी भएका भएका छन् ।

    एमाले कास्कीका कार्यवाहक अध्यक्ष अधिकारीले कास्की जिल्लामा प्रतिनिधि सभाको ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा सूर्यध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन सिङ्गो पार्टी पंक्ति प्रभावकारी रुपमा क्रियाशिल र परिचालित रहदा रहदै पनि प्रदेश सभा क्षेत्र नम्वर २(२) र ३(२) मा अपेक्षाकृत मत परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

    तर कस्केली मतदाताहरुको अपार माया, ममता र विश्वास नेकपा (एमाले) प्रति रहेकै कारण प्रतिनिधि सभाको तीनवटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा पार्टीले लोकप्रिय मत प्राप्त गरेको अधिकारीले विज्ञप्तीमा उल्लेख गरेका छन् । ‘कास्की जिल्लामा नेकपा (एमाले) पहिलो पार्टी बन्न पुगेको छ । विज्ञप्तीमा भनिएको छ–‘कस्केली जनताको माया, ममता र मतदाताहरुको पुर्ण विश्वास नेकपा (एमाले) प्रति रहेको पुन प्रमाणित भएको छ ।’

    यसैविच शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मतदानमा खटिनु भएका सम्पुर्ण कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, सञ्चार माध्यम लगायत सम्पुर्णमा एमाले कास्कीले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।

    साथै प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा जनताले दिएको मतादेशले राष्ट्रियता, स्वाधिनता, लोकतन्त्र र देशको समृद्धिका लागि सिंगो एमाले पक्तिलाई अझै प्रतिबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलेको विज्ञप्तीमा जनाईएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.