• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीमा नयाँ सरकारका लागि वैशाख ८ गते विशेष अधिवेशन डाकिदै

  •    शुभेच्छा न्यूज  /१ बैशाख २०८०, शुक्रबार ११:४८ ,  प्रकाशीत
  • गण्डकीमा वैशाख ८ गते प्रदेशसभाको विशेष अधिवेशन डाकिने भएको छ ।

    गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्रीमा खगराज अधिकारीलाइ दिएको समर्थन फिर्ता लिएपछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेकाले संविधानबमोजिम विश्वासको मत लिन विशेष अधिवेशन डाक्ने प्रदेश प्रमुखलाई अनुरोध गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

    सरकारलाइ समर्थन गरेको सत्ता सहयात्री दल माओवादी सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री अधिकारीले यही वैशाख १० गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने अबस्था छ ।

    माओवादी केन्द्रले खगराज नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदै चैत्र १० गतेका दिननै माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका थिए।

    माओवादी सरकारबाट बाहिरिएर अल्पमतमा पर्दा समेत एमाले नेता अधिकारीले राजिनामा नगरेकाले प्रदेशमा नयाँ सरकार गठनमा अलमल भएपछि काँग्रेसको अगुवाइमा विश्वासको मत लिन विशेष अधिवेशनका लागि अनुरोध गर्न लागिएको हो।

    मुख्यमन्त्री अधिकारी अल्पमतमा रहेकाले उनले विश्वासको मत लिने प्रक्रियामा नगई राजिनामा दिन आँकलन गरिएको छ । सरकारको दिन गन्ति भएसंगै यतिबेला मुख्यमन्त्री अधिकारी उद्घाटनका काममा ब्यास्त देखिएका छन । उनले एकसाताका अवधिमा १० वटा पुलको उद्घाटन गरेका छन् ।

    मुख्यमन्त्री अधिकारीले बिहीबार पोखरा महानगरपालिकाभित्रका ४ वटा र माछापुच्छ्रे गाउँपालिकाको एउटा पुल उद्घाटन गरे । मुख्यमन्त्री अधिकारीले चैत २५ गते मादी गाउँपालिकाको मकै खोला, इदी खोला, वार्दी खोला, घुम्ले खोला र पोखराको खुदी खोला पुल गरेर एकैदिन पाँच वटा पुलको उद्घाटन गरेका थिए ।

    गण्डकीको ६० सदस्यीय प्रदेशभामा एमालेका २२ सांसदमात्र भएकाले मुख्यमन्त्री अधिकारीले बहुमत ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन । उनी माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एमालेका २२ सांसदको समर्थनमा गत पुस २५ गते खगराज मुख्यमन्त्री बनेका हुन्।

    पछिल्लो समिकरणमा कांग्रेससंग २७ र माओवादीका ८ सांसद भएकाले अब, कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित छ । सबैभन्दा ठूलो दलको नाताले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नेतृत्वमा सरकार बनाउने अबस्था छ ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.