पोखराको मान्द्रेढुङ्गा पुगेर प्याराग्लाइडिङमा रमाए चिनियाँ पर्यटक
"साहसिक खेल प्याराग्लाइडिङ गर्न पोखरा आइपुगे "
तपाईको प्रतिक्रिया





नेपाल घुम्नका लागि जहाज नै चार्टर गरेर आएका चिनियाँ पाहुना टोलीले पोखराको मान्द्रेढुंगा पुगेर प्याराग्लाइडिङ गरेका छन् ।
कोभिडका कारण लामो समय देखि पर्यटक आगमन ठप्प भएकोमा नयाँ वर्षको आगमनसँगै नेपाल आएका उनीहरु साहसिक खेलको रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेकाका हुन ।
उनीरुले प्याराग्लाइडिङबाट आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्दै रमाएका छन ।
पोखरामा नयाँ बिमानस्थल बनेसंगै पोखराको सराङकोटबाट हुदै आएको साहसिक खेल प्याराग्लाइडिङ मान्द्रेढुङ्गाबाट हुदै आउको छ । मान्द्रेढुङ्गाबाट चिनियाँ ९० जना सहित २ सय ५० जनाले प्याराग्लाइडिङ गरेका छन ।
पहिलोपल्ट नेपाल आएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताइन् । पहिलोपल्ट नेपाल आएको सुनाउँदै उनले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिइन् ।
उनले अन्य साथिलाई नेपाल घुम्नको लागि सुझाव दिने बताइन् । नेपाली नयाँ वर्षको पूर्वसन्धयामा १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका थिए ।
साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो ।
मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । प्राधिकरणले सराङकोट लगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान शुरु गरिएको हो ।
पोखरामा करि ब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् । ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् ।
व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् ।
Related