गण्डकीका मुख्यमन्त्रीको सम्पक्ति ; १५ लाख नगद, ३ तोला सुनसहित काठमाण्डौंमा घडेरी खरिद
"१५ लाख नगद, ३ तोला सुनसहित काठमाण्डौंमा घडेरी खरिद "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।
उनले आफ्नो मुख्यमन्त्री पद जान २४ घण्टा बाँकी रहँदा मात्र गण्डकी प्रदेशको मन्त्रिपरिषद् कार्यालयको वेवसाइट मार्फत सम्पक्ति सार्वजनिक गरेका हुन ।
कानुन अनुसार पदबहाली गरेको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएपनि प्रदेशका मुख्यमन्त्रीसहितका सात जना मन्त्रीहरुले दुइ महिना कट्दा समेत सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।
मंसिरमा निर्वाचन सम्पन्न भएपनि पुस २५ गते गण्डकीमा माओवादी र राप्रपाको समर्थनमा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै अधिकारी सहित तिन सदस्य मन्त्री परिषद गठन भएको थियो ।
प्रदेशमा यस अघि पृथ्बी सुब्बा गुरुङ र कृष्णचन्द्र पोखरेल नेतृत्वका सरकारका पालामा मुख्यमन्त्री र मन्त्रीहरुले वेबसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
केन्द्रमा सत्ता समिकरण बदलिएसंगै अधिकारीलाइ मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको भोली शनिबार एक महिना अर्थात विश्वासको मत लिने एक दिन अगाडीमात्र सम्पक्ति सार्बजनिक गरेका हुन ।
उनले गत वर्ष प्रभु बैंकबाट ८० लाख ऋण लिएर काठमाडौं चन्द्रागिरीमा श्रीमतिको नाममा जग्गा किनेको उल्लेख गरेका छन् ।
Related