पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एवं प्रहरी उपरिक्षक अशोक सिंहको सरुवा भएको छ। कास्कीको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका सिंहको करिव १ बर्षमा सरुवा भएको छ। प्रहरीप्रधान कार्यलय मानव श्रोत बिकास विभागले सिंहलाई महानगरीय प्रहरी कार्यलय विषेश सुरक्षा महाशाखामा सरुवा गरेको हो।
नयाँ सरकार गठन भएपछि पहिलो पटक एकैचोटी ७९ एसपीहरुको सरुवा गरेको हो। बिभागले सिंहको ठाउँमा जिल्ला प्रहरीकार्यलय कास्कीको प्रमुखकोरुपमा ओप बहादुर रानालाई सरुवा गरेको छ। राना महानगरीय प्रहरी कार्यलय विषेश सुरक्षा महाशाखामा कार्यरत थिए। उनी यस अघिपनि कास्कीका विभिन्न स्थानमा बसेर सेवा गरिसकेका प्रहरी अधिकृत हुन्। राना यसअधि रसुवा, रोल्पा लगायतका स्थानमा प्रहरी प्रमुखकोरुपमा जिम्मेवारी निर्वाह गरेका थिए।

pic > jukson.com
Related