गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई मन्त्रीले लिए सपथ
" मुख्यमन्त्री सहितका २ जना मन्त्रीलाइ पद तथा गोपनियताको शपथ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री सहितका २ जना मन्त्रीलाइ पद तथा गोपनियताको शपथ गराएका हुन् ।
बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गरेका हुन् ।
सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
गुरुङले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् ।
Related