सु–शान्त क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार क्लवले पोखराको बिरौटास्थित सु–शान्त टोलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष टिकाराम पौडेलले बताए ।
क्लब दर्ता भएर विधिबतरुपमा आयोजना गरेको पहिलो रक्तदान कार्यक्रममा उस्साहप्रद रुपमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक एवं क्लबका सचिब सुजन तिमिल्सिनाले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडानं–१७ का जनप्रतिनिधि विक्रम गुरुङ, सु–शान्त टोल सुधार समितिका अध्यक्ष मिन बहादुर रानाभाट, सु–शान्त आमा समूहका अध्यक्ष लीला रेग्मी लगायतका उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग भएको कार्यक्रममा वडा नं १७ का विभिन्न क्लब, टोल सुधार समिति ,आमा समूह लगायतको सक्रिय सहभागिता रहेको अध्यक्ष पौडेलले बताए ।
क्लवका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य क्लवका सदस्य विष्णु प्रसाद न्यौपानेले गरेका थिए भने कार्यक्रम संचालन उपाध्यक्ष ईन्द्र दाहालले गरेका थिए ।

Related