एसइई दिएर बसेका विद्यार्थीलाई नि:शुल्क तालिम शुभेच्छा न्यूज /२० बैशाख २०८०, बुधबार १९:०५ , प्रकाशीत पोखरा महानगरपालिका–१३ ले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क तालिम सुरु गरेको छ । सूचना प्रविधिको युगमा कम्प्युटर शिक्षा अनिवार्य भएकाले तालिम दिएर आत्मनिर्भर बनाउन कम्प्युटर तालिम आयोजना गरेको वडाध्यक्ष किरण बरालले बताए । ‘एसइई दिएर घरमा बसिरहेका उनीहरुलाई सीप सिकाएर व्यस्त बनाउने सोचले तालिम आयोजना गरेको उनको भनाइ छ । आधारभूत कम्प्युटरसँगै व्यक्तिगत क्षमता अभिवृद्धि र सामाजिक सञ्जाल व्यवस्थापनबारे समेत विद्यार्थीलाई सिकाइने उनले जानकारी दिए । विद्यार्थीहरुको रुचि र क्षमता अनुसार २ सय जना विद्यार्थीलाई २० दिने तालिम प्रदान गरिनेछ । उद्घाटनमा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले विद्यार्थीहरुका लागि कम्प्युटर शिक्षा जीवन उपयोगी हुने बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा महानगरपालिका–१३ ले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क तालिम सुरु गरेको छ ।
सूचना प्रविधिको युगमा कम्प्युटर शिक्षा अनिवार्य भएकाले तालिम दिएर आत्मनिर्भर बनाउन कम्प्युटर तालिम आयोजना गरेको वडाध्यक्ष किरण बरालले बताए ।
‘एसइई दिएर घरमा बसिरहेका उनीहरुलाई सीप सिकाएर व्यस्त बनाउने सोचले तालिम आयोजना गरेको उनको भनाइ छ ।
आधारभूत कम्प्युटरसँगै व्यक्तिगत क्षमता अभिवृद्धि र सामाजिक सञ्जाल व्यवस्थापनबारे समेत विद्यार्थीलाई सिकाइने उनले जानकारी दिए ।
विद्यार्थीहरुको रुचि र क्षमता अनुसार २ सय जना विद्यार्थीलाई २० दिने तालिम प्रदान गरिनेछ ।
उद्घाटनमा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले विद्यार्थीहरुका लागि कम्प्युटर शिक्षा जीवन उपयोगी हुने बताए ।
Related