• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदे

  •    शुभेच्छा न्यूज  /२१ बैशाख २०८०, बिहीबार ०९:२३ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सभाका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (बिहीबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

    मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक बस्दै छ।

    नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत बिहीबार गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको १६८ को उपधारा २ बमोजिम ३५ सांसदको समर्थनमा नियुक्त गरेका थिए ।

    पाण्डेले मुख्यमन्त्रीका लागि कांग्रेस, माओवादी केन्द्र र समाजवादीका ३५ जना सांसदहरुको हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

    अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना र माओवादी केन्द्रबाट एक जना मन्त्री बनिसकेका छन् । कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशिला सिंखडा विनाविभागीय मन्त्रीको रूपमा मुख्यमन्त्रीसँगै शपथ लिएका हुन् ।

    सत्ता साझेदार दलबीच गण्डकीमा आलोपालो सरकारको नेतृत्व लिने सहमति भएको थियो । जस अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्ने भएका छन् भने दास्रो चरणमा माओवादीका हरि बहादुर चुमान मुख्मयन्त्री बन्ने छन ।

    ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ ।

    सभामुखसहित माओवादीको ८ सीट रहेको छ । स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् । यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्री भएका थिए ।

    नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.