• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा स्थानीय विशेषता र पहिचान झल्काउन अर्गानिक पदमार्ग

"पोखरा बजार क्षेत्रमा घुम्न आउने पर्यटकलाई काँहुकोटसम्म पदयात्रा "
  •    शुभेच्छा न्यूज  /२१ बैशाख २०८०, बिहीबार १७:०३ ,  प्रकाशीत
  • पोखरामा अर्गानिक पदमार्गको शिलान्यास भएको छ। महानगरपालिका-११ कालिखोलादेखि काँहुकोटसम्म करिब १.८ किमीको अर्गानिक पदमार्गको शिलान्यास भएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन्।

    ‘पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो,’ प्रमुख आचार्यले भने, ‘अब निर्माण गरिने पदमार्गहरू स्थानीय विशेषता झल्कने र पहिचान सहितका हुनेछन्, त्यस कारण यसलाई हामीले अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनहरूको स्वाद लिन सकिनेछ।’

    पोखरा बजार क्षेत्रमा घुम्नका लागि आउने पर्यटकहरूलाई काँहुकोटसम्म पदयात्रा मार्फत जानका लागि यो उपयुक्त हुने उनले विश्वास व्यक्त गरे। मर्निङ वाक र इभिनिङ वाकमा जानेहरूका लागि पनि यो पदमार्ग सरल र सहज हुने प्रमुख आचार्यले बताए। पोखराको प्राकृतिक भ्युप्वाइन्टका रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले महत्वपुर्ण सहयोग पुग्ने उनले बताए।

    निर्माण समितिका अध्यक्ष तीर्थ बहादुर बस्नेतका अनुसार पदमार्ग स्थानीय कटिङ् डुङ्गाले निर्माण गरिनेछ। ‘६ इन्च अग्ला ४ हजार सिँढीहरू निर्माण गरिनेछन्। विभिन्न ४ स्थानमा कफिसप सहितका विश्राम स्थलहरू हुनेछन्,’ बस्नेतले भने, ‘१० स्थानमा भ्युप्वाइन्ट निर्माण गरिनेछ।’ १० फिट चौडाइको पदमार्गको बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने उनले बताए।

    १ घण्टा १५ मिनेटमा वारपार गर्न सकिने पदमार्गको सुरुवाती बिन्दु कालिखोलामा प्राकृतिक पौडी पोखरी निर्माण गरिनेछ। पहिलो चरणमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र प्रदेश सरकारको तर्फबाट ३० लाख बजेट विनियोजन भई काम भइरहेको पदमार्ग २०८० सालभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

    निर्माण सम्पन्न गर्न ३ करोड लागत अनुमान गरिएको पदमार्गका लागि थप श्रोतको सुनिश्चितताका लागि आवश्यक पहल गर्ने प्रमुख आचार्यले प्रतिबद्धता जाहेर गरे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.