भोटखोलामा भएको हेलिकोप्टर दुर्घटनामा १ जनाको मृत्यु,४ गम्भिर घाईतेको उपचार हुदै
तपाईको प्रतिक्रिया





सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ सिब्रुङमा आज भएको दुर्घटनामा परी भविन गुरुङको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी घाइते भएका चार जनालाई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
अरुण तेस्रोको आयोजनाको सामान लिएर काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टर संखुवासभा पुगेर फर्कने क्रममा दुर्घटनामा परेको थियो।
Related