• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सूचना बिनै पोखरा– बागलुङ्ग लोकमार्ग दैनिक छ घण्टा बन्द

  •      /२५ बैशाख २०७५, मंगलवार ०८:४१ ,  प्रकाशीत
  • पर्वत /लामो समयदेखि जीण रहेको पोखरा–बागलुङ लोकमार्गलाई फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ ।सडक फराकिलो बनाउने क्रममा कास्की जिल्लाको अन्न्पुर्ण गाउँपालिकामा पर्ने गिरीचोक देखि नयाँपुल बजार खण्डमा शनिबार देखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको छ । बिना सुचना शनिबार देखि सडक बन्द गरिएका कारण सवारी साधन र यात्रुहरु भने मर्कामा परेका छन ।

    आयोजनाको घट्टेखोला देखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ बजे देखि ८.३० बजे सम्म डेढ घण्टा बन्द हुन्छ भने बिहान नै ९.३० देखि १०.३० सम्म १ घण्टा बन्द गर्न थालिएको छ । दिउँसो १२.३० देखि २ बजे सम्म र ३ बजे देखि ५ बजे सम्म सडक बन्द गरिएको छ । दिनमा चार पटक गरि ६ घण्टा बन्द गरिएपनि यात्रुको चाप र काम हेरेर बिचमा पनि छाड्ने गरिएको कम्पनीका साइड इन्र्चाज काशीराज बोहोराले बताए ।

    मध्यपहाडी सडक आयोजना कार्यालय संग समन्वय गरेर सडक बन्द गरिएको उनले दाबी गरे । गिरीचोक देखि नयाँपुल सम्म झण्डै २ किलोमिटर सडक क्षेत्रमा साँघुरो सडक काम बन्द नै गरेर फराकिलो पार्नुपर्ने बाध्यता रहेको बोहोराको भनाई छ । ‘आयोजना संग समन्वय गरि यात्रु र सवारी सधानलाई मर्का नपर्ने गरि बन्द गरेका छौ’ उनले भने ‘बिचमा छ घण्टा भने पनि अहिले बढीमा दुई घण्टा मात्रै काम गर्न सकिएको छ ’ उक्त खण्ड फराकिलो बनाउन झण्डै १ महिना लाग्ने भएकाले त्यस अबधीमा यातयात बन्द हुनेछ ।

    मध्यपहाडी सडक आयोजना पश्चिम खण्डका सिनियर डिभीजन इन्जिनियर रमेशकुमार दृष्टिले भने पुर्ब सुचना बिना नै बन्द भन्दापनि केहीबेर सवारी रोकेर काम गरिएको बताए । सडक बन्द गर्ने निर्णय गर्न स्थानिय प्रशासन, सरोकारवाला सहितको बैठक बसेर निर्णय गर्नुपर्ने भएपनि अहिले निर्माण कार्यपनि हुने र कसैलाई लामो समय रोकिनु पनि नपर्ने ढंगले काम गर्न निर्देशन दिएको बताए । ‘इमर्जेन्सी भएको अवस्थामा सडक बन्द नगरि सवारीका साधन वारपार गराउन भनेका छौ’ उनले भने ‘पछि बैठक नै बसेर समय तालिका बनाउँछौ’ कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने सडक बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माण कार्यको आवश्यकतालाई हेरेर आयोजनाले काम अगाडी बढाएको होला भनेर अनभिज्ञता प्रकट गरे । ‘के भएको छ , म बुझ्छु’ उनले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.