राष्ट्रिय स्वतन्त्र पार्टीले कारवाही गरेका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भई सांसद पदसमेत गुमाएका श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । आफूमाथिको कारबाही अवैध रहेको भन्दै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वाेच्चले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ ।
सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको सूचना प्रतिनिधिसभामा सुनाएका थिए ।

Related