• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शिवशक्तिमा ट्राफिक सचेतना सहित विभिन्न कार्यक्रम सम्पन्न

  •    शुभेच्छा न्यूज  /२५ बैशाख २०८०, सोमबार २१:३६ ,  प्रकाशीत
  • पोखराको शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    १६० औं विश्व रेडक्रस दिवसको अवसरमा सोमबार पोखरा–११ फुलबारीस्थित शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाल रेडक्रस सोसाइटी जुनियर यूवा समिति संयोजक रमेशराज भण्डारीले उद्घाटन गर्दै शुरु भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।

    कार्यक्रममा वरिष्ट हवल्दार शंकर अवस्थी र घनश्याम आचार्यले ट्राफिक नियमका बारेमा जानकारी दिएका थिए ।

    यूवा रेडक्रस सोसाइटी सर्कलका अध्यक्ष मोनिका बम्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक बरालले गरेकी थिइन् ।

    यसका साथै दिवसको अवसरमा ब्याच वितरण, विद्यालय हातासहित समुदाय वरीपरि सरसफाई कार्यक्रम गरिएको थियो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ११ उपशाखाका कोषाध्यक्ष पुरुषोत्तम आचार्य प्राथमिक उपचार प्रशिक्षक गणेश भण्डारी, विद्यालयका सहायक प्रध्यानाध्यापक बालकृष्ण बास्तोला, शिक्षक प्रतिनिधि गोविन्द अधिकारी, आधारभुत तह इञ्चार्ज प्रकाश पौडेल सहित कक्षा ९ र १० का ६० बढी विद्यार्थीहरुको सहभागिता थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.