• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् राशिफल

  •    शुभेच्छा न्यूज  /२६ बैशाख २०८०, मंगलवार ०८:४९ ,  प्रकाशीत
  • बैशाख २६ मंगलबार

    आजको राशिफल

    मेषः आज पनि समय शुभ छैन । तपाईमाथि भ्रम जाल बुनेर फाल्ने छन् विचार पुर्याउनु होला । सानो हेलचक्र्यार्ईले ठूलो घाटा हुनेछ । मिलेर काम गर्दा धोका हुनेछ । घरयासी खर्चमा कुनै कमि आउने छैन । जीवन साथीको सहयोग र सल्लाहमा काम गर्दा सामान्य राहत मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । नेतृत्वको प्यास जाग्नेछ ।

    वृषः आज समय खराब रहनेछ । स्वास्थ्यले साथ दिने छैन । सहज रुपमा काम गर्ने वातावरण अझै बन्ने छैन । साना साना समस्या समाधान गर्न पनि तयारी ठूलो गर्नु होला । उपलब्धि हासिल गर्न संघर्षका बाटाहरु रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सबैलाई आफ्नो ठानेर आत्मीय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट भनेजस्तो तथा सोचेजस्तो नाफा लिन सकिने छैन ।

    मिथुनः आज समय शुभ छ, स्वास्थ्यले पनि साथ दिनेछ । दिन अनुकुल नै देखिन्छ । अप्रत्याशित यात्रा हुन सक्ने गोचर परेको छ । कार्य तालिका बनाएर योजना अगाडि बढाउनु होला सफलताका सिढि चढ्न गाह्रो हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिनेछन् । साझेदारीमा काम नगर्नु होला । झगडा तथा द्वन्दबाट टाढा बस्नु होला ।

    कर्कटः आज पनि समय खराब छ । स्वास्थ्यमा समस्या आउन सक्ने तथा औषधि उपचारमा खर्च गर्नुपर्ने ग्रह, गोचर देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । कर्म अनुसार व्यापार व्यवसायबाट फल मिल्नेछ । ढिला सुस्ति र हेलचक्र्याईले आफैलाई घाटा हुनेछ । लगनशिलता बढाउनु होला । अरुको धेरै विश्वास र भरोसा नगर्नु होला । आज बढि महत्वाकांक्षी पनि नबन्नुहोला ।

    सिंहः आज समय राम्रो छ । समयको महत्व बुझेर काम गर्नु होला हेलचक्र्याई भयो भने पछि पश्चताप गर्नु बाहेक केहि हुने छैन । समयमा गरेका काम सफल हुनेछन् । उपलब्धि पनि हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक सहयोगमा कुनै कमि आउने छैन । बाह्य व्यक्तिको भर परेर काम नगर्नु होला धोका हुनेछ ।

    कन्याः आज समय खराब छ । कर्म क्षेत्र छोडेर बाहिर नजानुहोला । काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता विस्तारै बढ्नेछ । बोलीको विश्वासमा मात्रै अघि बढ्नु भयो भने दुःख पाउनु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

    तुलाः आज समय शुभ छ, काम गर्ने वातावरण विस्तारै तयार हुनेछ । संघर्ष विना सपना साकार हुने छैनन । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । ऋण मोचनको सम्भावना पनि देखिन्छ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । नयाँ ठाउँको यात्राको योजना बन्नेछ ।

    वृश्चिकः आज समय अत्यन्तै खराब छ । कार्य क्षेत्र छोडेर बाहिर नजानु होला, सम्भावनाका ढोका खुल्लै देखिन्छन् । समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन घढ्नेछ । आम्दानीलाई वचतमा परिणत गर्न भने गाह्रो हुनेछ । अरुको कुराको धेरै विश्वास नगर्नु होला । आज सकभर ऋण तथा पैसा सापटी नदिनुहोला ।

    धनुः आज समय अत्यन्तै शुभ छ । धेरै चिन्ता गर्ने तर कुनै आवश्यकता छैन। किनकि खुशीले तपाईंलाई निराशाले भन्दा बढी आनन्द दिनेछ । अनुमान वा अनपेक्षित लाभ मार्फत वित्तीय स्थितिमा सुधार आउनेछ । सारा परिवारको लागि समृद्धि ल्याउने परियोजनाहरू तपाईंले चुन्नु पर्नेछ । भावनात्मक रोकावटले तपाईंलाई समस्यामा पार्नेछन् । तपाईं सबैको लागि आज धेरै सक्रिय र सामाजिक कार्य गर्ने राम्रो दिन हुनेछ ।

    मकरः आज पनि समय राम्रो छैन । समय अनुकुल देखिन्न । साना साना कुरामा हेलचक्र्याई नगर्नु होला । झुट्टा आरोप लगाउन सक्छन् सतर्क हुनुहोला । प्रतिष्ठा जोगाउनु मुस्किल पर्ने देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अरुको विश्वास धेरै नपर्नु होला । नोकरीमा समस्या आउन सक्छ । अतिथि सत्कारमा धन खर्च हुनेछ ।

    कुम्भः आज पनि समय शुभ छ, स्वास्थ्य पनि भरपर्दो नै रहनेछ । आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । वादविवाद तथा प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जीत हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।

    मीनः आज समय मध्यम खालको रहनेछ । काममा पूर्ण सुधार होइन क्रमिक सुधार आउनेछ । समस्याको समाधानका उपायहरु पत्ता लाग्नेछ । उपकारी काममा समय बढि खर्च हुनेछ तर आफ्नो उपकार गर्ने कोहि हुने छैन । घर छोडेर बाहिर जान मन लाग्नेछ । व्यवसाय परिर्वतनको चाहना बढ्नेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्नेछन् । वौद्धिक जगतसँग भेटघाट हुनेछ ।

    साइतः सूर्य मेष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

    लेखक ज्यो. हरि पन्त

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.