संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् ।
मञ्चको मंगलबार भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशनले कोइरालालाइ निर्वाचित गरेको हो । अधिबेशनमा हाल अध्यक्ष समेत रहेका भरत कोइराला र रोहितराज पराजुली बीच प्रतिसपर्धा भएको थियो ।
कोइरालाले प्रतिस्पर्धी पराजुलीलाई ४ मतको अन्तरले पराजित गर्दै आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । मञ्चमा २० जना सदस्य रहेकामा कोइरालाले १२ मत पाएका थिए भने पराजुलीले ८ मत ल्याएका थिए ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट अध्यक्ष पद टुङ्ग्याईएको हो । अन्य पदमा भने सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्षमा विसन क्षेत्री, सचिवमा तारा चापागाई र कोषाध्यक्षमा उमा आलेमगर चयन भएका छन ।
त्यस्तै सदस्यमा ऋषि बराल, उमेश पुन, युवराज श्रेष्ठ, युनिस गुरुङ चयन भएको छन ।

Related