• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने उर्जामन्त्रीको घोषणा

  •      /२५ बैशाख २०७५, मंगलवार १३:०५ ,  प्रकाशीत
  • काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मंगलबार सार्वजनिक गरेको मन्त्रालयको भावी मार्गचित्रमा ३ वर्ष भित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने उल्लेख गरिएको हो । पत्रकार सम्मेलन गरी मन्त्रालयको भावी मार्ग चित्रबारे सार्वजनिक गर्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विद्युत चुहावट न्यूनिकरण र नियन्त्रण, भार व्यवस्थापन र उर्जा दक्षता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि सारिएको पनि जानकारी दिए ।

    उनले विपन्न वर्गलाई निःशुल्क इनर्जी मिटर जडान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मार्ग चित्रमा सिंचाई क्षेत्रको विकासका लागि सिंचित कृषि क्षेत्रको अभिवृद्धिमा जोड दिने उल्लेख गरिएको छ । साथै तराई–मधेशमा निर्माण भएका ट्यूवबेलहरुमा विद्युत सेवा प्रवाह र सोलार प्रविधिको उपयोग गर्न भरपर्दो वितरण लाईनको व्यवस्था गर्ने बताइएको छ । मन्त्रालयले सार्वजनिक गरेको भावी मार्गचित्रमा आगामी १० वर्षलाई उर्जा दशकको रुपमा अघि बढाउने योजना पनि अघि सारिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.