• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको महासिलामा एक घर एक रोजगार अभियान सुरु,एकै पटक ४ सयलाई रोजगारी

  •      /२६ बैशाख २०७५, बुधबार ०३:५४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत/पर्वत जिल्लाको सबैभन्दा सानो  महासिला गाउँपालिकाले गाउँपालिका भित्रका सबै परिवारमा एक जनालाई रोजगारी दिने  ‘एक घर एक रोजगारी’ कार्यक्रम शुरु गरेको छ ।गाउँपालिकाले पहिलो चरणमा ३ सय ७० जनालाई सिपमुलक तालिम सहित ‘महासिला बिकास स्वयमसेवक’ को रुपमा भर्ना गरि औपचारिक रुपमा शुभारम्भ गरेको छ ।

    कार्यक्रमको प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री बिकास लम्सालले औपचारिक शुभारम्भ गरेका छन । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री लम्सालले मुलुकका ७ सय ६१ स्थानिय तह मध्ये बेरोजगारी अन्त्य गर्दै सबैलाई गाउँमै काम गर्ने वातावरण बनाउन महासिला गाउँपालिका अग्रणी देखिएको भन्दै प्रशंसा गरे । ‘यो कसैले कल्पना पनि गर्न नसकेको काम यर्थाथतामै शुरु भएको छ’ उनले ‘यसको दिगोपनामा ध्यान दिन सकेमा बेरोजगारी हटाउन ठुला उदाहरण बन्ने छ’
    गाउँपालिकाका अनुसार रोजजगारीमा महासिला भन्दा बाहिरका ब्यक्ति समेत समाबेश हुनेछैनन । अहिले निवेदन दिएकामा महिलाको संख्या ठुलो छ । महिलाले पनि पुरुष सरह समान ज्याला पाउँनेछन । महाशिला गाउँपालिकामा २ हजार २ सयबढी परिवार बसोबास गर्दै आएकोमा झण्डै एक हजार परिवार बेरोजगार रहेको गाउँपालिकाले अनुमान गरेको छ । सबै घरमा एकैपटक कार्यक्रम सुरु गर्न नसकेपनि अहिले ६ सय बाट शुरु गर्ने लक्ष्य राखेपनि ३ सय ७० जनाले आवेदन दिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

    गाउँपालिकाले सिपमुलक तालिम, शारिरीक अभ्यास, योग सम्मका तालिम बैषाख २६ गते देखि नै एक महिना यस्तो तालिम दिनेछ । तालिममा सकारात्मक सोच देखि उद्यमशिलता बिकास सम्मका ज्ञानहरु यो अवधीमाम पाउनेछन । फिल्डमा खटाउने कर्मचारीको छुट्टै पोशाक समेत तयार भएको छ । बिद्यालय देखि सडक, बन देखि कृषि फर्म, स्वास्थ्य संस्था देखि सहकारी सम्ममा एउटै डे«समा खटिने स्वयसेवकलाई १५ दिन घरमा काम लगाउने १५ दिन गाउँपालिकाको काम लगाउने छ ।

    तीन महिनाको तालिम सम्पन्न गरेपछि उनीहरुलाई मासिक ६ हजार रुपैया दिइने र बाँकी समय घरमा काम गरि परिवारमा समेत रोजगारी आम्दानी गराउनुपर्ने सर्त समेत अनिवार्य गरिएको छ । महिला र पुरुषलाई समान तलब कायम गरिएको छ । सबै काममा समान ज्याला लागु गर्न यसले मद्दत गर्ने बिश्वास गाउँपालिकाको छ । गाउँपालिका भित्र आवश्यक पर्ने शिक्षक देखि सबै जनशक्ति तयार गर्न पनि यस्तो अवधारणा अघि सारिएको छ । गाउँपालिकाले निर्माण गर्ने भौतिक पुर्वाधारमा बाहिरबाट मज्दुर ल्याउने कुरा निरुत्साहित हुने तथा ठुला मेसिन भन्दा गाउँलेलाई नै सहभागि बनाएर काम गर्दा खर्च समेत हरेक परिवारमा पुग्ने हुँदा आर्थिक अवस्थामा समेत सुधार हुने बिश्वास गाउँपालिकाको देखिन्छ ।

    भर्ना गरिएका स्वयसेवकहरुमा पनि सबैभन्दा बढी महिलाहरु देखिएका छन । अहिले सम्म पुरुषहरु रोजगारीका लागि बिदेश गएका कारण गाउँमा महिलाहरु छन । उनीहरु पनि परिवार पाल्न र स्वरोजगार बन्न तालिम लिन आएको बताउँछन । त्यसमा पनि उमेर समुह अनुसार सबैभन्दा बढी बेरोजगार रहेको र काममा लगाउन सकिने १८ बर्ष देखि ३५ बर्षको उमेर समुहका ६० प्रतिशत छन भने ३५ देखि ४५ बर्ष उमेर समुहका ३० प्रतिशत लाई अवसर दिएको छ ४५ देखि ५५ बर्ष उमेर समुहका लागि १० प्रतिशत छुट्टाइएको छ । तालिम अवधिभर गाउँपालिकाको तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई मासिक तीन हजार र दैनिक २५ रुपैयाँ खाजा खर्च उपलब्ध गराइने भएको छ । गाउँपालिकाले तालिम अवधि र असार मसान्तसम्मका लागि ९५ लाख रुपैयाँको बजेट ब्यवस्थापन गरेको छ । रोजगारी पाएका सबैलाई न्युनतम पाँच लाख बराबरको दुर्घटना बिमा गराइएको छ । र्
    तालिमको एक महिना आत्मअनुशासन, आत्म सुरक्षा, योगाभ्यास, स्वयमसेवी संगठन विकासका बारेमा प्रशिक्षण दिने र अर्को डेढ महिना सीपमुलक तालिम र ब्यावसायिकता विकास प्रयोगात्मक सिकर्मी, डकर्मी, दक्ष मिस्त्री, पाइपलाइन निर्माण, बाटो निर्माण, स्वास्थ्य, खेलकुद एकेडेमी, विभिन्न विधामा नृत्य, गायककार, नाटककार, होटल ब्यवस्थापन र शिक्षासँग सम्बिन्धित तालिम, पशुपालन, कृषि साथै परम्परागत काट तथा वाँसका सामाग्री निर्माण, ब्यावसायिक उद्यम विकास तालिम स्थलगत र ब्यवहारिक रुपमा गराइने कार्ययोजना समेत तयार पारेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.