ग्राहकको डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एभरेस्ट बैंकका शाखा प्रमुखसहित ९ जना पक्राउ
तपाईको प्रतिक्रिया





ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुनसरीको इटहरीस्थित एभरेस्ट बैंक शाखाबाट ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्य सहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको हो ।
एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले जानकारी दिए ।
पक्राउ पर्नेमा बैंकको गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया टेलर पवित्रा कटवाल रहेका छन् ।
त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको छ ।
प्रधानलाई प्रहरीले गत चैत्र २२ गते पक्राउ गरेको थियो, भुजेललाई वैशाख १० र खिउजुलाई बैशाख १३ गते पक्राउ गरेको हो ।
Related