पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला हुने
"पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकहरूको बसाइ लम्ब्याउन ठुलो योगदान पुग्ने "
तपाईको प्रतिक्रिया





पोखराको रत्नमन्दिर सर्वसाधारका लागि खुला हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित रत्न मन्दिर आगामी गणतन्त्र दिवसका दिनदेखि खुला गरिने भएको छ ।
२०१५ सालमा कान्छी रानी रत्नको नामबाट राजा महेन्द्रले फेवा किनारमा बनाएको कटेज शैलीको दरबारको नाम राजा महेन्द्रले पोखराको फेवाताल किनारमा आराम गर्न रत्नमन्दिर बनाएका थिए ।
फेवाताल किनारको ११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा आम सर्वसाधारणका लागि प्रबेशमा रोक लगाइएकोमा गणतन्त्र दिवसका अवसरमा जेठ १५ गतेदेखि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।
यस अघि पनि पटक पटक रत्नमन्दिर खुला गर्ने तयारी गरिएको थियो । सरोकार वला र पर्यटन ब्यवसायसंग सम्बद्ध ब्यसायीले पर्यटनमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर रत्नमन्दिर खुलाउन आग्रह गर्दै आएका थिए ।
गणतन्त्र दवसको अवबरमा रत्नमन्दिर खुला गर्न पर्यटनमन्त्री सुदन किराती पोखरा आउने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए।
रत्न मन्दिरको खुलापनले पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकहरूको बसाइ लम्ब्याउन ठुलो योगदान पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे ।
रत्नमन्दिर खुल्ने भएपछि पोखराका पर्यटन व्यवसायी पनि उत्साही छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ रत्नमन्दिर खुलिसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने बताए ।
रत्नमन्दिर अवलोकन गर्नका लागि १०० रुपैयाँ टिकटको ब्यवस्था गरिएको छ ।
Related