आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले धनगढीमा दुई जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएकाले प्रहरीले उनीहरू विरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

Related