रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ ।
रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम चोरी भएको हो ।
आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खाताबाटै रकम चोरी भएको थाहा पाएका थिए ।
यादवले बिहीबार मात्रै नेपाल बैंक लिमिटेडको तीन वटा १२ लाख २० हजार रुपैयाँको चेक माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा जम्मा गरेर ८ लाख रुपैयाँ खाताबाट झिक्न जाँदा कर्मचारीले उनलाई खातामा मात्र ३ लाख २० हजार रुपैयाँ रहेको बताएका थिए ।
जम्मा गरेको रकम खातामा नरहेको थाहा पाएपछि यादवले तत्कालै शाखा प्रबन्धक रामजी दासलाई भेटेका थिए । तर शाखा प्रबन्धक दासले ह्याकरले पैसा लगेको हुनसक्ने भन्दै आफैँ सोधखोज गर्नु भनेर जवाफ दिएको यादव बताउँछन ।
बैंक स्टेटमेन्ट समेत दिन नमानेपछि सेवाग्राही यादव र उनका आफन्तले चन्द्रपुर शाखामा होहल्ला गरेका थिए ।
खाताबाट रकम चोरी हुनुमा बैंकका कर्मचारीकै मिलेमतो रहेको भन्दै उनीहरू आइतबार रातिसम्म बैंक घेराउ समेत गरेका थिए ।
पीडित सेवाग्राहीले न्यायका लागि प्रहरी गुहारेपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाको टोलीले अनुसन्धान गरिरहेको छ ।
शाखा प्रबन्धक दासले सेवाग्राही यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी सिटिजन बैंक र सानिमा बैंकमा रकम ट्रान्सफर गरेको देखिएको जानकारी प्रहरीलाई दिएको बुझिएको छ ।

नेपाल प्रेसबाट
Related