नागरिक समाजले भन्यो -मोदीलाई स्वागत गरौं, नागरिक अभिनन्दन नगरौं
/२७ बैशाख २०७५, बिहीबार ०५:३१ , प्रकाशीत
काठमाडौं । नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नाकाबन्दी जस्तो मानवीय संकट निम्त्याउने काम गरेका मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने नागरिक समाजका अगुवाहरुको तर्क छ । नागरिक समाजका अगुवा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नाकाबन्दीको क्षयायाचना समेत नगरेका भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने बताए । उनले मोदीलाई सरकारले हार्दिकतापूर्वक स्वागत गर्न भने उपयुक्त हुने सुझाव दिए ।
नागरिक समाजका अगुवाहरुले नाकाबन्दीबाट पुगेको आर्थिक क्षति भारतले व्यहोर्नुपर्ने पनि बताएका छन् । नागरिकको पीडा कायमै रहेको अवस्थामा मोदीलाई नागरिक अभिनन्दन गर्ने कुरा आफूहरुलाई मान्य नहुने उनीहरुले बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी शुक्रबार नेपालको राजकीय भ्रमणका लागि आउँदै छन् ।

Related