शुभेच्छा न्यूज पोखरा । खिलुङ कालिका एग्रोफार्ममा गएराती बमबिष्फोट भएकोछ.। कुखुराको सुली आँधिखोलामा बगाएका कारण खोलाका जलचर मरेर सखाप भएको भन्दै केही दिनदेखि आलोचना हुदै आएको एग्रोमा गएराती बमबिष्फोट भएको हो ।
दैनिक डेढ लाखभन्दा बढी अण्डा उत्पादन गर्दै आएको खिलुङ कालिका एग्रोफर्ममा मध्यरातको समयमा विस्फोट भएको छ तर, कस्ले किन विस्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
विस्फोटबाट फर्ममा रहेको जेनेरेटर तथा जेनेरेटर राख्नका लागि बनाइएको टहरामा क्षति पुगेको छ ।
केही दिनअघि एग्रोले सुली आँधिखोलामा सोझै फालेकोले ठूलो संख्यामा जलचर सखाप भएपछि विभिन्न संघ संस्था र स्थानीयले कारवाहीको माग गर्दै आएका छन्। चौतर्फि विरोधपछि स्थानीय प्रशासनले छानविन समिति बनाएर छानबिन अगाडी बढाएको छ.।
शुभेच्छा न्यूज
पोखरा । खिलुङ कालिका एग्रोफार्ममा गएराती बमबिष्फोट भएकोछ.। कुखुराको सुली आँधिखोलामा बगाएका कारण खोलाका जलचर मरेर सखाप भएको भन्दै केही दिनदेखि आलोचना हुदै आएको एग्रोमा गएराती बमबिष्फोट भएको हो ।

Related