• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वैदेशीक राजगारीको मोह छाडेका लिलाले स्वदेशमै सुन फलाउन थाले ‘मकैघर’

"स्वदेशमै केही गर्छु भन्ने उद्देश्यले मकैघर सञ्चालन "
  •    शुभेच्छा न्यूज  /१५ जेष्ठ २०८०, सोमबार १५:४५ ,  प्रकाशीत
  • सूर्यप्रसाद अधिकारी

    गैंडाकोट नगरपालिका-५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकारसहित “मकैघर” सञ्चालनमा आएको छ ।

    राजमार्गका यात्रुहरू र स्थानीय ग्राहकलाई लक्षित गरी उक्त मकैघर आइतवारदेखि सञ्चालनमा आएको हो । स्थानीय युवा व्यवसायी लिला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर खाजा दिने उद्देश्यसहित मकैघर सञ्चालनमा ल्याएका हुन् ।

    उनलाई विदेशमा जाने र लैजाने अफर आए पनि स्वदेशमै केही गर्छु भन्ने उद्देश्यका साथ मकैघर सञ्चालनमा ल्याएको उनले बताए । ‘मलाई विदेश लैजाने र जाने अफर नआएका होइनन तर स्वदेशकै माटोमा सुन फलाउंँछु भनेर अठोट लिएको छु,’ सापकोटाले भने ।

    उनको यो व्यवसाय पहिलो भने होइन । उनले यसअघि फर्निचर व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् । फर्निचरसंँगै स्थानीय मकैका परिकार पस्कन यो व्यवसाय शुरू गरेको उनको भनाइ छ ।

    उनका अनुसार मकैघरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै, मकैको चटपट, मकैको मःम, मकैको पानी पुडी, मकैको सातु, मकैको पकौडा लगायतका परिकार पाइन्छन् । यस्तै मकैसँग खान मिल्ने गरी मोही, लस्सी, उखुको जुस, फलफूलका जुसहरू ग्राहकलाई उपलब्ध गरिएको उनले बताए । ‘यो एकदम हाइजेनिक, विभिन्न भिटामिन पाइने खाजा पनि छ । यो सस्तो पनि छ स्वस्थ पनि छ,’ सापकोटाले भने ।

    राजमार्गका सडक किनारामा अव्यवस्थित तरीकाले विक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित र व्यवसायिक रूपले सेवा दिन यो अवधारणा ल्याइएको उनले बताए । मकै पोल्न, उसिन्न उनले राष्ट्रिय आविस्कार केन्द्रबाट तयार पारिएका मेशिन ल्याएका छन् । ‘मसंँग अहिले आविस्कार केन्द्रबाट ल्याइएका ग्यांसबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने मेशिन छन्,’ उनले भने, ’ग्राहकको अगाडि ग्राहककै इच्छाअनुसार तयार गरेर मकैका परिकार दिनेछौं ।’

    मेशिनबाट पोल्दा एउटै तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिने उनको भनाइ छ । हाल दैनिकजसो दुई सयको हाराहारीमा ग्राहक मकैघरमा आउने गरेको उनले बताए । ‘हामीकहाँ बिहानदेखि बेलुकासम्म खाजा खाने, प्याकिङ्ग लैजाने ग्राहक आउने गर्नुभएको छ,’ उनले भने, ’यो परिकार स्वादिष्ट पनि स्वस्थकर पनि छ ।’

    १५ लाख लगानीमा सञ्चालनमा ल्याइएको मकैघरमा मकै पारखीहरू चितवन र राजमार्गमा गुड्ने ठूलादेखि साना सवारीका यात्रु हुने गरेको उनले बताए । हाल पांँच जनालाई रोजगारी दिन लागिएको मकै घरमा एकैपटक ५० जनालाई समेत सेवा दिन सक्ने क्षमता छ । ‘मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रवर्द्धन पनि गर्छ,’ उनले भने, ’नयांँ व्यवसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ ।’

    छिट्टै नै अर्को शाखा विस्तारका लागि भरतपुरको चौबीसकोठी क्षेत्रमा तयारी भैरहेको उनले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.