• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सौन्दर्यकर्मी चिनु गुरुङ्ग उत्कृष्ट महिला उद्यमीवाट सम्मानित

  •    शुभेच्छा न्यूज  /१६ जेष्ठ २०८०, मंगलवार १८:५७ ,  प्रकाशीत
  • वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो ।

    रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ ।

    महिलाहरु पनि आत्मनिर्भर हुनु पर्छ भन्दै २०५२ सालदेखी सौन्दर्यकर्मको संघर्षमा निस्केकी चिनुले आजका मिती सम्ममा तीन हजार भन्दा वढी गृहिणी तथा युवायुवतीहरुलाई आवस्यकता अनुसार निशुल्क र सशुल्क तालिम दिई सकेकी छन् ।

    सौन्दर्यको वजारमा एक हजार भन्दा वढी त अहिले उनैको तालिम मार्फत् प्रेरणा पाएर स्वरोजगार भएका छन् । जसमा ७ हजार भन्दा वढीले स्वदेश तथा बिदेशमा रोजगार पाएका छन् ।

    सुरुवाती अवस्थामा पोखराको पृथ्वीचोकवाट व्यवसाय संचालन गरेकी चिनुले हाल गुरुङ्ग व्यटिपार्लर एण्ड एकेडेमी प्रा लिको रुपमा पोखराकै न्यूरोडमा मुख्य कार्यालय वनाएर संचालन गरेकी छन् /

    पोखरा भित्र र प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरि सेवा दिने र तालिम प्रदान गर्ने काम गरेकी छन् ।

    उनि नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको महिला अध्यक्षका रुपमा रहेकी छन् भने थुप्रै सामाजिक संघसस्थामा रहेर समाजसेवामा पनि आवद्ध छन् ।

    सम्मानपछि वोल्दै गुरुङ्गले भनिन्–“सौन्दर्य व्यवसायलाई पुस्तान्तरित व्यवसायका रुपमा विकास गरिनु पर्छ । महिलाहरु अव सधै माग्ने मात्रै होईन दिने हैषियतमा आफुलाई विकास गर्नु पर्छ ।”

    नेपाली वस्तुको उत्पादन गरि आयात प्रतिस्थापन गर्ने अभियानमा रहेकी चिनु स्वरोजगारलाई देश समृद्धिको आधार मान्ने गरेकी छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.