• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नागरिकता विधेयकबिरुद्ध पोखरामा राप्रपाको प्रदर्शन : राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

  •    शुभेच्छा न्यूज  /१९ जेष्ठ २०८०, शुक्रबार ११:०७ ,  प्रकाशीत
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको भूमी समेटिएको विरोधमा पोखरामा प्रदर्शन गरेको छ ।

    राष्ट्रिय प्रजातान्त्रिक भूपू संगठन कास्की र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको आयोजनामा बिहिवार पृथ्वीचोकमा राँको सहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको हो ।

    राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको विरोधमा आयोजना गरिएको राँको सहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी गराए । गिरीले सरकार नसच्चिए आन्दोलनका कार्यक्रम थप चर्किने चेतावनी दिए ।

    सरकारले एक पछि अर्को गल्ती गरिरहेको र शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छुटाउने खेल भइरहेको उनले बताए ।

    “दलाल सरकार मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, लुम्बीनी कपिलवस्तु हाम्रो हो, गणतन्त्रका दलाल होशियार, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र नेपाल जिन्दावाद, संघीयता खारेज गर, छया! गणतन्त्र गनायो भारतीयलाई नेपाली बनायो, हामीलाई शरणार्थी बनायो, गणतन्त्र चाहिँदैन नेपाल बेच्न पाइदैन” लगायतका नारा सहित राप्रपाले प्रदर्शन गरेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.